
अल्डरसट । सन् १९८७ डिसेम्बरमा भर्ती भएका ब्रिटिश गोर्खाहरुको समूह इन्टेक डिसेम्बर १९८७ ले ३० औं वर्ष पुगेको सुखद उपलक्ष्यमा अल्डरसट स्थित द प्यालेस हलमा एक कार्यक्रम गरेको छ । अध्यक्ष क्या. रि. राम बहादुर मल्लको संयोजकत्वमा गत शनिबार १९ अगष्टका दिन कार्यक्रम भएको हो ।
नेपालको ७५ जिल्लाबाट छानिएका १२५ जवानहरु पूर्व धरान र पश्चिम पोखरा ब्रिटिश क्यापबाट डिसेम्बर १९८७ सालमा भर्ती भएका थिए । उनीहरु पछि २२ हप्ताको कठोर प्रारम्भिक तालिम मलय ल्यान्स, सेकोङ्ग क्याम्प हङकङमा सकुशल पुरा गरि विभिन्न पल्टनमा सेवारत भए । उक्त नम्बरी गोर्खाहरुमा पहिलो पटक नयां हतियार एसए एटी राइफलको ट्रेनिङ लिएको समूहमा पर्दछ । तीन जना नम्बरी स्वर्गवास भइसकेका छन् ।
कार्यक्रममा दिवंगत नम्बरीहरुको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । नेपाल र बेलायतको राष्ट्रिय गान पश्चात सबै भन्दा सिनियर र जुनियर क्रमशः गजबिर थापा र नरेश राईले संयुक्तरुपमा दीप प्रज्वलन गरि कार्यक्रम शुरुवात गरेका थिए । नम्बरीहरुबीच एकापसमा अति घनिष्ठ सम्बन्ध हुने भएकाले भेटपछि उनीहरुमा खुशीको सिमाना नै थिएन ।
कार्यक्रममा विगत ३० वर्षको तीता मिठा अनुभव पांच घण्टाभित्र कैद गर्न सबै आतुर देखिन्थे । त्यसमा नाचगान र केहि औपचारिक कार्यक्रम पनि थियो । अध्यक्ष मल्लले कहिले हसाउंदै, कहिले निकै गम्भीर भएर आफ्ना विचार राखे । उनले चांडै नम्बरीका लागि विधान तयार हुने पनि बताए । साथै उनले कार्यसमिति सदस्यहरु र कार्यक्रम सफल बनाउन मद्दत गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
कोषाध्यक्ष विक्रम गुरुङले संक्षिप्तमा आय व्यय विवरण राखे । प्रकाश गुरुङले प्रोजेक्टर मार्फत पोखरा ब्रिटिश क्याम्प र हङकङमा ३० वर्ष पहिले ट्रेनिङको दौरान खिचेका पुराना झण्डै ९० वटा फोटो प्रदर्शनी प्रस्तुत गरेका थिए । साथै उनले नम्बरीको महत्वबारे पनि प्रष्ट्याए ।
कार्यक्रममा हालै युनिभर्सिटी र कलेजबाट उच्चशिक्षा हांसिल गरेका कविता थापा र सुमित्रा मल्ललाई वधाई दिइएको थियो ।
महासचिव कुमार घलेले सञ्चालन गरेको उक्त कार्यक्रममा कुल थापाको जोडी अनि नारायण गुरुङ र रणबीर राईको प्रस्तुतिले धेरै ताली बटुल्यो । विनोद गुरुङ र कमला गुरुङको जोडीले तीस वर्ष पहिलेको क्षण स्मरण गर्दै नाच प्रदर्शन गरेर माहोल रोमाञ्चक बनाए । विक्रम गुरुङको पहिलो गायन प्रयास राम्रो थियो । नेपालबाट आएका कलाकारहरुको प्रस्तुति पनि कार्यक्रममा थियो । खाना र पेय पदार्थ प्यालेसले व्यवस्था गरेको थियो भने फोटोग्राफस बन्दोबस्त श्याम पुनले गरेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते