लन्डन । तमु समाज यूके आमा समूहले गत १९ अगष्ट २०१७ शनिबार लन्डनको हयारो बरो फुटबल क्लबमा हरितालिका तीज कार्यक्रम गरेको छ । कार्यक्रममा मुलत लण्डन वरपरका नेपाली नारीहरुको उपस्थिति थियो ।
कार्यक्रम आमा समूहकी अध्यक्ष माया गुरुङ, प्रमुख अतिथि श्रीमती पुनम राज्यलक्ष्मी सुवेदी, विशेष अतिथि गैर आवासीय नेपाली संघ बेलायतकी उपाध्यक्ष शान्ति थापा कुंवार र तमु सामाज यूकेकी उपाध्यक्ष बिजु गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
कार्यक्रममा थुप्रै संघसंस्थाका महिला प्रतिनिधि, समाजसेवी तथा नेपाली महिलाहरुको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिले तीजको सांस्कृतिक महत्वबारे प्रकाश पार्दै शुभकामना दिए । उक्त अवसरमा अध्यक्ष माया गुरुङले शुभकामना र स्वागत मन्तव्य एवं आमा समूहकी कोषाध्यक्ष मिरा गुरुङले धन्यवाद मन्तव्य दिएका थिए ।
कार्यक्रममा विभिन्न आकर्षक पुरस्कारहरुको राफल ड्र, दर, खानपिनसंगै डिजे चांद म्यूजिक वल्डको तीज गीतमा सहभागीले छमछमी नाचेर भरपुर मनोरन्जन लिए । तीज नृत्यमा उत्कृष्ट नृत्यांगनाहरु पुरस्कृत पनि भए । उत्कृष्ट नाचेर पुजा गुरुङ प्रथम, सपना गुरुङ द्वितीय र रितु गुरुङले तृतीय पुरस्कार जिते । नृत्य प्रतियोगिताको प्रथम पुरस्कार लन्डन फेसन हाउस र राफल ड्रको प्रथम पुरस्कार अल्डरसटस्थित लक्ष्मी ज्वेलर्सले प्रायोजन गरेको थियो ।
कार्यक्रममा तमु समाज यूकेका खाद्य संयोजक हरिमान गुरुङको संयोजनमा कार्यसमितिका सदस्यहरु, सल्लाहकारतथा सदस्यहरु र हर्कबहादुर गुरुङको सहयोगमा दर व्यवस्था गरिएको थियो । अन्य विभिन्न व्यक्तिले पनि सेलरोटी, पानी, खाद्य पदार्थ तथा आर्थिक प्रायोजन गरेर सहयोग गरेका थिए ।
उक्त तीज कार्यक्रम सइन्द्र केसी र आमा समूहकी सचिव बिमला गुरुङले सञ्चालन गरेका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता