लन्डन । स्कटल्याण्डवासी सामाजिक अभियन्ता भोला खनालले एनआरएनए यूकेको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान फेसबुक लाइभमार्फत उनले आफू उपाध्यक्षको आकांक्षी भएको घोषणा गरे ।
एनआरएनए यूकेमा स्कटल्याण्डको प्रतिनिधित्व गर्दै लामो समयदेखि सल्लाहकारको रुपमा काम गरेका खनालले एनआरएनए यूके तीन राज्य (वेल्स, नर्दन आयरल्याण्ड र स्कटल्याण्ड) लाई बाहिर राखेर लन्डनमा मात्र सिमित भएको दावीसहित संघलाई यो सांघुरो घेराबाट बाहिर ल्याएर सबै राज्यमा बस्ने नेपालीको साझा संस्था बनाउन उपाध्यक्षको उम्मेदवारी दिन लागेको बताए ।
नेपाली नागरिकता मुद्दाको निरन्तरता, भूपू गोर्खा र विद्यार्थीका समस्या समाधान एवं नेपालको आर्थिक समृद्धिमा एनआरएनए यूकेको सहभागिता उनका प्रतिवद्धता छन् । स्कटल्याण्डको एडिनबरामा सन् २०१३ देखि नेपलिज कम्युनिटी सेन्टर (हिमालय सेन्टर) बनाउन शुरु गरिएको जनाउंदै खनालले त्यसलाई पूर्णता दिन एनआरएनए यूकेमार्फत पहल गर्ने समेत बताएका छन् ।
करिब डेढ लाख नेपाली बेलायतमा रहेको बताइएपनि एनआरएनए यूकेमा ४ हजार पनि सदस्य नहुंदा यसले थोरै मात्र नेपालीलाई समेटेको स्पष्ट भएको उनको बुझाइ छ ।
नेपाल स्कटल्याण्ड एसोसिएसनका संस्थापक खनाल हिमालयन सेन्टर (नेपलिज कम्युनिटी सेन्टर) का ट्रष्टी र व्यवसायी हुन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते