पोखरा, साउन १ , कास्की जिल्लामा मातृस्वास्थ्यको सूचकाङ्कले किशोरी गर्भवती धेरै रहेको देखाएको छ।
साक्षरता दरमा मुलुककै तेस्रो स्थानमा रहेको कास्कीमा उमेर नपुग्दै बिहे गर्ने र गर्भवती हुने किशोरीको संख्या बढ्दो देखिएको हो।
साक्षरता दर उच्च देखिएको कास्कीमा स्वास्थ्यतर्फ भने युवती र उनका परिवार सचेत नदेखिएको विज्ञहरूले बताएका छन्।
राष्ट्रिय जनगणना २०६८ को नतिजाका अनुसार कास्कीमा १५ देखि १९ वर्षबीचको उमेरमा बिहे गर्ने कुल जनसंख्याको ४० प्रतिशत छन्।
कास्कीको कुल चार लाख ९२ हजार ९८ जनसंख्या मध्ये १ लाख २ हजार ४०९ जनाले यो उमेरको बीचमा बिहे गरेका छन्। जसमा महिलाको संख्या ८० हजार ३७ छ। कास्कीमा १० देखि १४ वर्षबीच पहिलो बिहे गर्नेको संख्या १९ हजार अर्थात साढे सात प्रतिशत छ।
यसैगरी २० देखि २४ वर्षबीच ३४ प्रतिशत र २५ देखि २९ वर्षबीच बिहे गर्ने १३ प्रतिशत छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका अधिकृत मित्रप्रसाद अर्याल शिक्षाको दर राम्रो भएपनि प्रजनन स्वास्थ्य र विवाहको उमेरलाई सकारात्मक प्रभाव पार्न नसकेको बताउँछन्। उनी भन्छन्— ‘शिक्षित भएर पनि मानिसहरू प्रजनन स्वास्थ्यमा सम्वेदनशील भएको पाइएन, यो सकारात्मक संकेत हैन।’
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको तथ्यांक अनुसार लेखनाथ नगरपालिकाका स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउनेमा ३७ प्रतिशत महिला २० वर्ष उमेर नपुगेका छन्।
पोखरा नजिकैको माझठाना र लाहाचोकमा ४० प्रतिशत किशोरी कम उमेरमै गर्भवती भएको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारीले जानकारी दिए। ‘२० वर्ष नपुग्दासम्म महिला शारिरीक रुपमा परिपक्व हुदैनन्। यसकारण उनीहरु बच्चा जन्माउन सक्षम हुँदैनन्। उनीहरूको प्रजनन अंगको पूर्ण विकास समेत भइसकेको हुँदैन’,अधिकारीले भने- उमेर नपुगी गर्भधारण गर्दा आमा र बच्चाको जीवन नै खतरामा रहन्छ।
आमा र बच्चा बचेको खण्डमा समेत उनीहरूको स्वास्थ्य अवस्था राम्रो नहुने र कुनै न कुनै रुपमा असर पार्ने चिकित्सकहरू बताउँछन्। कम उमेरमै आमा हुँदा महिलामा पाठेघर खस्नेलगायतका समस्या देखिन्छन्।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी