लन्डन । बेलायतमा आयोजित अन्तर्राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगितामा नेपालले सात पदक जितेको छ । रेडिङस्थित रिभरमेड लेजर कम्प्लेक्स्मा आयोजित दुई दिने दशौं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगितामा नेपालले एक स्वर्ण, तीन रजत र तीन कास्य जितेको हो ।
अमिता राईले पुम्सेमा एक स्वर्ण र स्पायररिङमा रजत पदक जितिन् भने टिम प्रशिक्षक अशोक खड्का र अर्जुन सुनुवारले पुम्सेमा रजत पदक जिते । त्यसैगरि, रोहित तामाङ, सरिता श्रेष्ठ र मनोज लामाले स्पायरिङमा कास्य पदक जित्न सफल भएको प्रशिक्षक खड्काले जानकारी दिए ।
प्रतियोगितामा नेपालबाट कोचहरु अशोक खड्का र अष्ट महर्जन, खेलाडीहरु रोहित तामाङ, सरिता श्रेष्ठ, निरोजबहादुर नेपाली, अर्जुन सुनुवार, अमिता राई र रजिन सिंह एवं रेफ्रीहरु नोर्वु लामा, रविन जोशी र दिनेश श्रेष्ठ सहभागिता थिए । दुई खेलाडी पदक विहीन फर्किए ।
विश्वका १३ देशका तीनसय २० खेलाडीले भाग लिएको आयोजकले जनाएका छन् ।
प्रतियोगिता सञ्चालन गर्न हल्याण्ड, अमेरिका, मेक्सिको, स्पेन, ब्रसेल्स्, बेलायत, नेपाल लगायतबाट २४ जना अन्तर्राष्ट्रिय रेफ्री झिकाइएको थियो ।
सगरमाथा तेक्वान्दो डोजाङ, जेन मार्सल आर्टस् एकेडेमी र गैर आवासीय नेपाली संघ बेलायतको संयुक्त पहलमा प्रतियोगिता भएको हो । प्रतियोगिता सञ्चालन गर्न झण्डै ५० हजार पाउण्ड लागेको आयोजकको दावी छ ।
आयोजक मध्ये एक सगरमाथा तेक्वान्दो डोजाङका सञ्चालक एवं प्रतियोगिताका प्रविधि संयोजक राष्ट्र राईले निजी स्तरबाट भएको यस्तो प्रतियोगितालाई नेपाल सरकारले पनि मान्यता दिनुपर्नेमा जोड दिए । ‘प्रवासी नेपालीबाट नेपालको खेलकुद विकास अनि खेलाडीहरुलाई धेरै अवसर प्रदान भएपनि नेपाल सरकारले त्यो कुरा बुझेको छैन्’, राईको गुनासो थियो ।
विदेश रहेका नेपाली खेलाडी, विदेशी खेलाडी र प्रशिक्षकहरु समेत सम्मिलित उक्त प्रतियोगिताले देश विदेशमा रहेका नेपाली खेलाडीबीच आपसी मित्रता अभिवृद्धिका साथै नयां प्रतिभाहरुलाई अवसर दिएको आयोजकको दावी छ ।
प्रतियोगितामा हङकङ बस्ने नेपालकै पहिलो ब्ल्याकबेल्ट होल्डर ग्रयाण्ड मास्टर रमेश गोसाई, इन्टरनेशनल ओपन फ्रेण्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) का संस्थापक ग्रयाण्ड मास्टर दिवाकर महर्जन (अमेरिका), साफ गेम्स् गोल्ड मेडलिष्ट ग्रयाण्ड मास्टर राजकुमार राई (क्यानाडा), सिल्भर मेडलिष्ट सिता राई (अमेरिका) लगायत ग्रयाण्ड मास्टर, मास्टर र रेफ्रीहरु सहभागी थिए ।
यस अघि नवौं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता उत्तर अमेरिकाको पोर्टल्याण्डमा भएको थियो । काठमाडौंमा सन् २०००, डिसेम्वरमा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तत्कालिन युवराज दीपेन्द्र शाहबाट उद्घाटन गरि शुरुवात गरिएको अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिताको दोश्रो संस्करण पोखरा, तेश्रो पोर्टल्याण्ड अमेरिका, चौंथो हङकङ, पांचौं पोर्टल्याण्ड, छैटौं कुरुक्षेत्र भारत, सातौं पोर्टल्याण्ड र आठौं काठमाण्डौंमा भइसकेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता