
लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले गत मे २१ मा आयोजना गरेको च्यारिटी साँझ नेपलिज प्रेस नाइटबाट ३३ हजार पाउण्ड संकलन गरेको छ । शाखाको शनिबार सम्पन्न बैठकमा सो जानकारी दिइएको हो । अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षता र महासचिव लीलामान शेरपुञ्जाको संचालनमा भएको सो बैठकमा च्यारिटीको आम्दानी ३२ हजार ७४९ पाउण्ड ९९ पेन्स र खर्च ९ हजार ५ पाउण्ड ३३ पेन्स रहेको बताइयो । च्यारिटीमा कबुल गरिएकामध्ये केही रकम उठ्न बाँकी रहेकोमा सो रकम जुलाई १५ भित्रमा उठाइसक्ने र त्यसपछि दाताको नाम र सहयोग रकम संचारमाध्यममार्फत सार्वजनिक गर्ने निर्णय गरिएको छ ।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने संघसंस्था, व्यक्ति, व्यक्तित्व, प्रायोजकहरु सबैलाई धन्यवाद दिँदै बैठकले संस्थालाई च्यारिटी कमिसनमा दर्ता गर्ने निर्णय गरेको छ । सो प्रयोजनका लागि अध्यक्ष नरेश खपाङ्गीमगरलाई जिम्मा दिइएको छ भने लेखापरीक्षकमा जीएनएस एसोसिएटसका एलएन घिमिरेलाई नियुक्त गरिएको छ । च्यारिटी कोष संचालनका लागि सूर्य गुरुङको संयोजकत्व र शाखाका अध्यक्ष सदस्यसचिव रहनेगरी एक संचालक समिति गठन गर्ने र सो समितिमा डा. राघवप्रसाद धिताल र सल्लाहकार भगिरथ योगीलाई नियुक्त गरिएको छ । यस्तै, च्यारिटीबाट कस्ता कस्ता अवस्थामा सहयोग गर्ने भन्ने बारेमा मस्यौदा बनाउन सल्लाहकार भगिरथ योगीलाई जिम्मा दिइएको छ ।
शाखाले आफ्ना सदस्यहरुको क्रियाशीलताको अभिलेख राख्न कार्यसम्पादनको आन्तरिक लेखापरीक्षण गर्ने भएको छ । सोको लागि वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलको संयोजकत्वमा उपाध्यक्ष ध्रुव अर्याल, महासचिव लीलामान शेरपुञ्जा, सचिव शिव भण्डारी र कोषाध्यक्ष पूर्ण गुरुङ रहेको एक समिति गठन गर्ने निर्णय शाखाले गरेको छ ।
यस्तै, शाखाले एनआरएनए युकेसित मिलेर स्थापना गरेको एनआरएन पत्रकारिता कोषको संचालनमा अपनत्वको अभाव खड्किएको निस्कर्ष निकाल्दै सोको प्रभावकारी व्यवस्थापन र कार्यान्वयनका लागि एनआरएन युकेसित छलफल गर्ने निर्णय पनि गरेको छ ।
शाखाले आगामी दिनमा युकेका अग्रज नेपाली पत्रकारहरुको सम्मान कार्यक्रम गर्न उपाध्यक्ष संयोजक ध्रुव अर्याललाई तोकेको छ भने नेपाली पत्रकारको युरोपस्तरीय भेलाको सम्भाव्यता अध्ययनका लागि अध्यक्ष नरेश खपाङ्गीमगरलाई संयोजक तोकेको छ ।
यस्तै, बेलायती संसदको भ्रमणमा युकेका नेपाली पत्रकारलाई लैजानका लागि सल्लाहकार नवीन पोखरेललाई संयोजक तोकेको छ । बैठकले शाखाका सदस्य सुजन पराजुलीका पिता शालिग्राम पराजुलीको असामयिक निधन भएकोमा स्वर्गीय पराजुलीप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै एक शोक प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?