काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमालेसहित संविधानको अन्तरबस्तुबारे साझा धारणा बनाएका दलहरुले आन्दोलनरत एकीकृत नेकपा माओवादीसहितका दलहरुलाई धम्कीको भाषा छाडेर सहमतिमा आउन आग्रह गरेका छन् ।
पर्यटन बोर्डमा नयाँ संविधानको अन्तरबस्तुको बारेमा साझा धारणा सार्वजनिक गर्ने कार्यक्रममा नेताहरुले आफूले अघि सारेको अवधारणामा सहमतिमा आउन वा प्रक्रियामा जान बाहेकको कुनै विकल्प नभएको स्पष्ट पारे ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले धक्याउने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको पुरानो बानी भएको बताए । उनले धम्की छाडेर सहमतिमा आउन आग्रह गरे । ‘थर्काउने बानी प्रचण्डजीको पहिले देखिकै हो’ कोइरालाले भने, ‘त्यो छाड्नुहोस सबैको जिम्मबारी हो नि सहमति गर्ने।’
कार्यक्रममा कोइरालाले संविधान निर्धारित समय माघ ८ मै आउने बताए । उनले संविधान निर्माणभन्दा ठूलो समस्या शान्ति प्रक्रिया अन्तर्गतको हतियार व्यवस्थापन र लडाकु समायोजन पनि टेवल टकबाट समाधान भएको बताए ।
सत्तासाझेदारसँग साना दल र स्वतन्त्र सभाषदहरुले धारणा औपचारिक रुपमा बाहिर ल्याउन आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी ट्रयाकबाट बाहिर गएकाले अहिलेको समस्या देखिएको बताए । उनले सात प्रदेशभन्दा बढीमा जान नसकिने भन्दै धेरै प्रदेशको कुरा प्रादेशिक शासनबारे नबुझ्नेले कुरा उठाएको बताए ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ