काठमाडौँ, १८ असार । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आफ्ना भारतीय समकक्षी सुष्मा स्वराजको निमन्त्रणामा भारतको तीन दिवसीय भ्रमणमा आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभयो ।
भ्रमणका क्रममा उहाँले बाह्य मामिलामन्त्री स्वराजसँग पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नयाँदिल्लीमा रहँदा उपप्रधानमन्त्री महराले नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतसँग सामूहिक भेट गरी राष्ट्रसङ्घीय मानवअधिकार परिषद् सदस्यमा नेपालको उम्मेदवारीबारे जानकारी गराउनाका साथै नेपाललाई समर्थन गर्न उहाँहरूसँग अनुरोध गर्नुहुनेछ ।
मन्त्री महरा नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसङ्घ महाशाखा प्रमुख भरतराज पौड्याल, भारत महाशाखा प्रमुख भृगु ढुङ्गानालगायत हुनुहुन्छ । उपप्रधानमन्त्री महरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीलगायतले बिदाइ गर्नुभयो । उपप्रधानमन्त्री महरा आगामी मङ्गलबार स्वदेश फर्कने कार्यक्रम छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित