लन्डन । कोसेली नेपाली सांस्कृतिक परिवार यूके अध्यक्ष शर्मिला सिंहको पहिलो गीत म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ । नेपालका लोकप्रिय गायक आनन्द कार्कीका साथ सिंहले गाएको डयांग डुंग… बोलको आधुनिक पप गीत र म्यूजिक भिडियो म्यूजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत यसै साता सार्वजनिक गरिएको हो ।
सन् १९९४ देखि कोसेलीमा आवद्ध शर्मिला सिंह उक्त संस्थामा कोषाध्यक्ष, महासचिव हुंदै हाल अध्यक्ष छिन् । झण्डै २४ वर्षदेखि बेलायतमा रहेकी सिंहले यूकेमा भइरहने सामुदायिक कार्यक्रममा गाउंदै आएकी छन् । नेपाली कला संस्कृति जगेर्नामा विगत तीन दशक देखि क्रियाशिल कोसेलीका हरेक कार्यक्रममा सिंहको गायन रहंदै आएको छ । नेपाली गीत संगीत प्रतिको लगावले पहिलो प्रयास स्वरुप गीत सार्वजनिक गरेको उनले बताइन् ।
राजेन्द्र थापाले रचना गरेको गीतमा शिखर सन्तोषले संगीत दिएका छन् । म्यूजिक भिडियो निर्देशन र कोरियोग्राफी राजु शाहको छ भने त्यसमा रुबी थापा र निश्चल दाहालले अभिनय गरेका छन् । म्यूजिक भिडियो छायांकन बेलायतमै गरिएको हो । सनम बैराग, सुरेश श्रेष्ठ र हर्कमान वाइवाले छायांकन गरेका हुन् ।
हेर्नुहोस् म्यूजिक भिडियो
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा