काठमाडौं। बेलायती टेनिस स्टार एन्डी मुर्रेले नेपालमा हुने बन्यजन्तुको चोरी शिकारी र तस्करी रोक्न अभियानलाई सहयोग गर्ने भएका छन्।
विश्व बन्यजन्तु कोष(डब्लुडब्लुएफ)को सद्भावना दूत घोषित मुर्रेले चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारी गतिविधि पत्ता लगाउन कुकुरलाई दिने विशेष तालिममा सहयोग गर्ने भएका छन्।
मुर्रेले यो कार्यक्रमका लागि आगामी वर्ष टेनिस टुर र अन्य कार्यक्रममार्फत पैसा उठाउने छन्। पूर्व विम्बल्डन विजेता मुर्रे अहिले टेनिस वरियताक्रममा छैठौं स्थानमा रहेका छन्।
विशेष रुपमा तालिम दिने यस्ता कुकुरको छाउरा/छाउरी मध्ये एउटाको मुर्रे नाम राखिने छ। मुर्रे कुकुरका शौखिन मानिन्छन्। गैडाको सिंग, बाघको छाला र हड्डी तस्करीका लागि चोरी शिकारी गर्ने गरिएको छ। चोरी शिकारीको घटना हुने गरेपनि पछिल्लो समयमा भारत र चीनमा हुने बन्यजन्तुको अंगको तस्करीको ट्रान्जिटको रुपमा नेपालको प्रयोग हुने गरेको छ।
यो कार्यक्रमबाट राष्ट्रिय निकुञ्जबाट गैडा बाघ र हत्तीको चोरी शिकारी रोकिने अपेक्षा गरिएको छ। मुर्रेले सन् २००७ देखि २०१३ को बीचमा गैडाको चोरी शिकारी ७ हजार ७ सय प्रतिशतले बढेको थाहा पाउँदा आफू स्तब्ध भएका छन् । ‘बन्यजुन्तको गैरकानुनी व्यापारविरुद्धको गतिविधिलाई म फलो गर्थे तर अब यो कार्यक्रममार्फत कोषलाई सधाउने छु ‘ मुर्रेले भनेका छन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो