काठमाडौं। बेलायती टेनिस स्टार एन्डी मुर्रेले नेपालमा हुने बन्यजन्तुको चोरी शिकारी र तस्करी रोक्न अभियानलाई सहयोग गर्ने भएका छन्।
विश्व बन्यजन्तु कोष(डब्लुडब्लुएफ)को सद्भावना दूत घोषित मुर्रेले चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारी गतिविधि पत्ता लगाउन कुकुरलाई दिने विशेष तालिममा सहयोग गर्ने भएका छन्।
मुर्रेले यो कार्यक्रमका लागि आगामी वर्ष टेनिस टुर र अन्य कार्यक्रममार्फत पैसा उठाउने छन्। पूर्व विम्बल्डन विजेता मुर्रे अहिले टेनिस वरियताक्रममा छैठौं स्थानमा रहेका छन्।
विशेष रुपमा तालिम दिने यस्ता कुकुरको छाउरा/छाउरी मध्ये एउटाको मुर्रे नाम राखिने छ। मुर्रे कुकुरका शौखिन मानिन्छन्। गैडाको सिंग, बाघको छाला र हड्डी तस्करीका लागि चोरी शिकारी गर्ने गरिएको छ। चोरी शिकारीको घटना हुने गरेपनि पछिल्लो समयमा भारत र चीनमा हुने बन्यजन्तुको अंगको तस्करीको ट्रान्जिटको रुपमा नेपालको प्रयोग हुने गरेको छ।
यो कार्यक्रमबाट राष्ट्रिय निकुञ्जबाट गैडा बाघ र हत्तीको चोरी शिकारी रोकिने अपेक्षा गरिएको छ। मुर्रेले सन् २००७ देखि २०१३ को बीचमा गैडाको चोरी शिकारी ७ हजार ७ सय प्रतिशतले बढेको थाहा पाउँदा आफू स्तब्ध भएका छन् । ‘बन्यजुन्तको गैरकानुनी व्यापारविरुद्धको गतिविधिलाई म फलो गर्थे तर अब यो कार्यक्रममार्फत कोषलाई सधाउने छु ‘ मुर्रेले भनेका छन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा