काठमाडौं। सार्क शिखर सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथबाट सम्बोधन गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। चार दिने नेपाल भ्रमणको क्रममा मोदी नोभेम्बर २५ मा सडक मार्गबाट जनकपुर पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। जनकपुरबाट सार्क शिखर सम्मेलनमा भाग लिन मोदी बिमानबाट काठमाडौं आउने छन्। 
हेलिकप्टरबाट मुक्तिनाथ जाने मोदी भारत फर्किने क्रममा लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम छ। तीन वटै धार्मिक केन्द्रहरुमा पूजापाठको अतिरिक्त सम्बोधन गर्ने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
राजधानीमा सार्कको तयारी समेत तीव्र पारिएको छ। राष्ट्रिय सभागृहमा शिखर सम्मेलनको उद्घाटन गरिने भएपछि मर्मत कार्य तीव्र पारिएको छ। सडक मर्मतको अतिरिक्त सुरक्षा पनि कडा पारिएको छ। प्रहरीले काठमाडौं भित्रने नाकामा चेकजाँचलाई तीव्र पारेको छ । सार्क सम्मेनल नोभेम्बर २६-२७ मा हुनेछ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो