दोहा, २६ जेठ । कतारले आतङ्ककारी संगठन र व्यक्तिलाई समर्थन गरेको भनी केही गल्फ राष्ट्रले लगाएको आरोपको कतारले खण्डन गरेको छ ।
कतारले इस्लामिक हतियारधारी समूहलाई आश्रय र प्रश्रय दिएको भनी गल्फ क्षेत्रका केही देशले विरोध गर्दै आएका छन् । कतारले यस्तो समूहलाई समर्थन दिँदै आएको भन्दै साउदी अरेबिया, बहराइन, इजिप्ट र संयुक्त अरब इमिरेट्सले विरोध गर्दै केही दिनअघि एक विज्ञप्ति प्रकाशन गरेका थिए ।
तर सो विज्ञप्तिको कतारले खण्डन गरेको छ । यस्तो आरोपलाई कतारले आधारहिन भनेको छ । शुक्रबार कतार सरकारले प्रकाशन गरेको विज्ञप्तिमा यस्तो आरोपलाई आधारहिन र कतारमाथि गरिएको उपेक्षाको संज्ञा दिएको छ ।
कतारले आतङ्ककारीलाई प्रश्रय दिएको भन्दै यसका ती देशले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । जसलाई कतारले आफूमाथि गरिएको अन्यायको संज्ञा दिँदै आएको छ ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह