दोहा, २६ जेठ । कतारले आतङ्ककारी संगठन र व्यक्तिलाई समर्थन गरेको भनी केही गल्फ राष्ट्रले लगाएको आरोपको कतारले खण्डन गरेको छ ।
कतारले इस्लामिक हतियारधारी समूहलाई आश्रय र प्रश्रय दिएको भनी गल्फ क्षेत्रका केही देशले विरोध गर्दै आएका छन् । कतारले यस्तो समूहलाई समर्थन दिँदै आएको भन्दै साउदी अरेबिया, बहराइन, इजिप्ट र संयुक्त अरब इमिरेट्सले विरोध गर्दै केही दिनअघि एक विज्ञप्ति प्रकाशन गरेका थिए ।
तर सो विज्ञप्तिको कतारले खण्डन गरेको छ । यस्तो आरोपलाई कतारले आधारहिन भनेको छ । शुक्रबार कतार सरकारले प्रकाशन गरेको विज्ञप्तिमा यस्तो आरोपलाई आधारहिन र कतारमाथि गरिएको उपेक्षाको संज्ञा दिएको छ ।
कतारले आतङ्ककारीलाई प्रश्रय दिएको भन्दै यसका ती देशले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । जसलाई कतारले आफूमाथि गरिएको अन्यायको संज्ञा दिँदै आएको छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह