
आम मानिस जस्तै उनमा पनि एउटा सपना थियो लन्डन घुम्ने । भाग्य बलियै रहेछ, १८ वर्ष अघि (सन् १९९६) भिजिट भिसा लिएर लन्डन टेके बलबहादुर रायमाझी । त्यतिबेला युवा जोश, लन्डन भित्रिसकेपछि घुमेर मात्र फर्कन मनले मानेन र नयां अवसरको खोजीमा यतै भौंतारिए उनी । अहिले जस्तो भिजिट भिसामा आएर अरु स्टाटस फेर्न नमिल्ने नियम थिएन । यो खुकुलो अध्यागमन नियम सदुपयोग गर्दै रायमाझी अनेक प्रयास गरेर बेलायतमै अल्झिए ।
प्रवासको जिन्दगी । शुरु शुरु ताका संघर्ष र अभाव उनलाई पनि आइलाग्यो । वेयरहाउस, रेष्टुरेन्टतिरको काम । हप्की दप्कीको परवाह थिएन । तर, हरेस खाएनन्, सानातिना हण्डरले विचलित पनि भएनन् । बरु सन् २००० मा सपरिवार बेलायत आएपछि अरु गतिलो जागिरको खोजीमा दौडिए उनी । केही वर्ष जागिर गरेपछि रायमाझीलाई अर्काको कामभन्दा आफैं सानोतिनो केही व्यवसाय गर्ने भुत सवार भयो । काठमाण्डौंमा कुरिअर कम्पनी चलाइसकेकाले पनि उनी बेलायतमा केही व्यवसाय गर्न सकिन्छ भन्नेमा विश्वस्त थिए । जीवनसंगिनी गीता रायमाझीले समेत यस योजनामा हौसला दिइन् र केन्टमा एउटा होटल किने । सन् २००६ मा किनेको उक्त होटल ‘स्वान एण्ड पव’ समुद्री किनारमा अवस्थित भएकाले समरमा खुवै व्यस्त हुन्छ रे ।
व्यवसायप्रतिको लगाव अनि इमान्दारिता रायमाझी दम्पत्तिले कहिल्यै भुलेनन् । कडा परिश्रमकै फल, केही दिन लन्डन घुम्न आएको लमजुंगे ठिटो अहिले बेलायतको नेपाली समुदायमा सफल व्यवसायीको पंक्तिमा आसिन छ । फेमिली रन होटल व्यवसायको सफलतापछि रायमाझीलाई कहिल्यै पछाडि फर्कनु परेन । होटल चल्दै गर्दा गत मार्च २५ बाट पिसी वोर्ल्ड नर्थहोल्ट नेर ‘सिभिल इन्जिनियर’ पव किनेका छन् रायमाझीले । ब्लु अर्किड फाइन डाइन रेष्टुरेन्ट र कार्यक्रम गर्न हल पनि साथै छ । सन् १९५६ मा इन्जिनियरहरुले बनाएकाले उक्त पवको नाम नै सिभिल इन्जिनियर नामांकन भएको रहेछ ।
विरलै छ, बेलायतमा नेपालीले पव व्यवसायतिर हात हालेको । यसलाई अलिक ‘रिस्की विजनेश’ ठान्नेहरु पनि अधिक छन् । पछिल्ला केही वर्ष यता बेलायतमा धेरै पव बन्द भएका खवर आए भने अस्तित्वमा रहेकाको पनि स्थिति सन्तोषप्रद छैन् भनिन्छ । यस्तो संकटका बेला रायमाझीले पव चलाउन जोखिम लिएकै हुन् ? भन्छन्, ‘चुनौती नभएको होइन तर लामो अनुभव अनि खाना र ड्रिंक्स् दुवै भएकाले सर्भाइभ हुन्छ भन्ने विश्वासले अघि बढेको छु ।’
लन्डनमा रेष्टुरेन्ट र पव संख्या असंख्य छ । आखिर ति सबै छाडेर उनकै पवमा किन जाने ग्राहक ? रायमाझी स्पष्टिकरण दिंदै भन्छन्,
‘भारत र खाडीतिर लामो अनुभव संगालिसकेका सेफले बनाउने स्वादिष्ट खाना, न्यायो आतिथ्यता (हस्पिटालिटी), चाइनिज, नेपाली र इण्डियन परिकारका सयौं आइटम र सय जनासम्मलाई कार्यक्रम गर्न हल उपलव्ध भएकाले पनि सिभिल इञ्जिनियर पव धेरैको रोजाइ बन्दैछ ।’
सप्ताहन्तमा फुटबल हेर्न बिग स्क्रिन टिभी, पर्याप्त पेय पदार्थ र लाइभ म्यूजिक पव चल्ने मुख्य आधार देख्छन् रायमाझी । यी सबै आफ्नो पवमा भएकाले पनि रायमाझीले असफलतातिर कहिल्यै सोचेनन् । ‘बारमा काम गर्न ब्रिटिस कामदार नै राखेको छु । फाइन डाइन रेष्टुरेन्टले एसियन ग्राहकको पनि आगमन बढ्न थालेकाले व्यवसायबाट थप उत्साहित छु’ उनले भने ।
अनुभव, आर्थिक सक्षमता, सम्वन्धित विषयमा ज्ञान, लगाव र पूरा समय दिन सकेमात्र पव वा रेष्टुरेन्ट व्यवसाय सफल हुने उनको बुझाइ छ ।
तर, यस व्यवसायका आफ्नै अप्ठेरा महशुस गरेका छन् उनले । आइएलआर मिलेपछि सेफ जति सबैले जागिर छाड्डा नयां भेट्टाउनै मुश्किल, बारमा डिल
गर्ने उपयुक्त जनशक्ति अभाव, एसियन खाना गोराले बनाउन नसक्ने आदि इत्यादि व्यवधान आफूले भोगेको रायमाझीले बताए ।
सिभिल इञ्जिनियर पवलाई सबैको आकर्षणको केन्द्र बनाउन रातदिन लागिरहेका छन् रायमाझी । स्थानीय पत्रपत्रिकातिर विज्ञापन वा लिफ्लेट बांडेर प्रचारप्रसार अरु तीव्र पार्ने रणनीति उनको छ । स्थानीय कम्युनिटीसंग निकट रहन पनि उनले आवश्यकता देखेका छन् । सिसा लाउञ्ज थप्ने योजना अन्तिम संघारमा छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग