
लन्डन । दुर्लुङ समाज यूकेको १६औँ गृष्मकालीन बीबीक्यू तथा चेलीबेटी भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
मिचेटस्थित तमु धीं भवनमा १७ अगस्ट २०२४ मा समाजको उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम समाजका अध्यक्ष कुलराज गुरुङ, संस्थापक अध्यक्ष नरजङ गुरुङ, एनआरएन यूकेका अध्यक्ष हित काजी गुरुङ र समाजका ज्येष्ठ नागरिक लोकबहादुर गुरुङले संयुक्त रूपमा पानसमा दीप बालेर सुरु गरेका छन् ।
समाजका सचिव शक्तिमान गुरुङले सुरक्षा र स्वास्थ्यबारे जानकारी गराउँदै कार्यक्रम सञ्चालन गरेका थिए । धरम बल गुरुङले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै स्वागत मन्तव्य राखेका थिए । समाजका संस्थापक अध्यक्ष नरजङ गुरुङ, पूर्वअध्यक्षहरू क्या. जीवन गुरुङ, जुवारीलाल गुरुङ र एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङले संस्थाको विषयमा शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष कुलराज गुरुङले कार्यक्रममा आर्थिक सहयोग र पेय पदार्थ प्रायोजन गर्नेहरूको नामावली वाचन गरेका सुनाएका थिए । उनले उपस्थित सदस्य तथा चेलीबेटी र ज्वाईंहरूलाई पनि धन्यवाद दिए ।
त्यसपछि सांस्कृतिक कार्यक्रम सुरु भएको थियो । जसमा रुविना गुरुङ र सुमी गुरुङको एकल नृत्यसहित सुमी, जरिना गुरुङ र सुजिता गुरुङको सामूहिक नृत्यले उपस्थितलाई मन्त्रमुग्ध बनाएको थियो । मणिराज गुरुङ र सचिन गुरुङले प्रवेश शुल्क र राफल ड्रको व्यवस्थापन गरेका थिए । सो अवसरमा समाजका नयाँ सदस्यहरू र पहिलो पटक उपस्थित भएका पाहुनालाई ज्येष्ठ नागरिक लोकबहादुर गुरुङले खादा लगाएर स्वागत गरेका थिए ।
अन्त्यमा नेपालबाट आएका लोकदोहोरी कलाकारहरू राजन गुरुङ र कला लम्सालको प्रस्तुतिमा दर्शक झुमेका थिए ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी