राष्ट्रिय जनता पार्टी नेतृत्वको सङ्घीय गठबन्धनद्वारा आन्दोलन फिर्ता

महन्थ ठाकुर

काठमाडौँ, १७ जेठ । राष्ट्रिय जनता पार्टीको नेतृत्वको सङ्घीय गठबन्धनले दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ गते गर्ने निर्णयको स्वागत गर्दै पूर्वनिर्धारित आन्दोलन फिर्ता लिने निर्णय गरेको छ ।

गठबन्धनले दोस्रो चरणको घोषित निर्वाचन मिति, उम्मेदवारी दर्तालगायतका कार्यक्रम परिवर्तन गरी निर्वाचनको नयाँ मितिसमेत तय भएको अवस्थामा आमजनताको कठिनाइलाई ध्यानमा राख्दै पूर्वघोषित मधेस, थरुहट र लिम्बूवान बन्दका कार्यक्रम स्थगन गर्ने गरेको गठनबन्धनका संयोजक महन्थ ठाकुरद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री