काठमाडौँ, १२ जेठ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्धन गर्ने उद्देश्यले यसवर्षदेखि ‘ग्लोवल नेपाली फिल्म अवार्ड’का विभिन्न आठ विधा थप गरिएको छ ।
नेपाल फिल्म सोसाइटीलगायतले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार कृष्ण मल्लले स्वदेशी चलचित्र र चलचित्रकर्मीलाई प्रोत्साहित गर्ने उद्देश्यले अघिल्लो वर्षदेखि संयुक्त राज्य अमेरिकाको कोलोराडोमा स्थापित सो अवार्ड विभिन्न १२ विधामा प्रदान गरिँदै आएकोमा अब २० विधामा पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।
उत्कृष्ट कलाकार, निर्देशक, नायक तथा नायिका, लोकप्रिय चलचित्रलगायत विधामा दिइँदै आएको सो अवार्ड (पुरस्कार) अब सङ्गीत, रचनाकार, छायाकार तथा गायकलगायतलाई थप गरिएको छ ।
दोस्रो संस्करण आगामी भदौ २ गते संयुक्त राज्य अमेरिकाको कोलोराडोमा हुने कार्यक्रम तय भएको छ ।
‘ग्लोवल नेपाली फिल्म अवार्ड’का अध्यक्ष नवराज श्रेष्ठले नेपाली चलचित्रलाई विश्व बजारमा पुरयाउन सकेमा मुलुकमा पर्यटन क्षेत्रको अभिवृद्धि गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा कलाकार वसुन्धरा भुसाल, सुनिल थापा, नायक पुरन जोशीलगायतले नेपाली चलचित्र क्षेत्रको विकासका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन