लन्डन । कन्सर्ट समापनतिर बेलायतको म्यानचेस्टर एरिनामा सोमबार राती भएको आत्मघाती बिस्फोटमा मर्नेको संख्या २२ पुगेको छ । मारिनेमा बालबालिका बढि छन् । घट्नामा ५९ भन्दा बढि घाइते भएका छन् । घाइतेको शहरका ८ विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले घट्नालाई आतंकवादी हमला भन्दै आत्मघाती विस्फोट गराउने एक व्यक्ति पनि मरेको जनाएको छ । ग्रेटर म्यानचेस्टर पुलिसका चिफ कन्सटेबल इयान होपकिन्सले म्यानचेस्टरमा हालसम्मकै डरलाग्दो घट्ना भएको र आतंकवादी हमलाका रुपमा अनुसन्धान अगाडि बढाइएको जनाएका छन् ।
नेपाली परेका छैनन्
यसैबीच, लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता तथा
उपनियोग प्रमुख शरदराज आरणले उक्त घट्नामा नेपाली परेको खबर हालसम्म नआएको बताउंदै सुरक्षित रहन नेपालीलाई आग्रह गरेका छन् । म्यानचेस्टरमा क्रियाशिल नेपाली संस्था नेपलिज एसोसिएसन इन द यूके हिमालयन यतीका अध्यक्ष पुष्प श्रेष्ठले नेपालीबारे दुःखद खबर नभएको तर घट्नाबाट नेपाली त्रसित भने भएको बताए ।
गैर आवासीय नेपाली संघ, युरोप संयोजक कुल आचार्यले एक सन्देश जारी गरि बिस्फोटमा नेपाली परेको कुनै जानकारी नआएको उल्लेख गर्दै म्यानचेस्टरवासी नेपालीलाई सुरक्षित र सजग रहन आग्रह गरेका छन् ।
अमेरिकी पप गायिका आरियाना ग्रान्डेको कन्सर्ट सकिएर दर्शक घर फर्कंदै गर्दा राती १० बजेर ३३ मिनेटमा टिकट एरियामा बिस्फोट भएको हो । २१ हजार दर्शक क्षमताको उक्त एरिनामा युवा दर्शकको बाहुल्य थियो । गायिका आरियानाले घट्नाबाट आफू ज्यादै दुःखी भएको बताउंदै थप व्यक्त गर्ने शब्दहरु नभएको ट्वीट गरेकी छन् ।
बिस्फोटपछि दर्शकहरुबीच भागदौड मच्चिएको थियो । टिभी च्यानल र सामाजिक सञ्जालतिर मानिसहरु चिच्याउंदै दौडिरहेको र प्रहरी एवं एम्बुलेन्स गाडीहरु कुंदिरहेको देखिएको थियो ।
सन् २००५, जुलाई ७ मा ५६ जनाको ज्यान जाने गरि लन्डनमा भएको आतंकवादी आक्रमणपछिको यो दोश्रो भयानक हमला हो । स्कटल्याण्ड यार्डले घट्नापछि लन्डनमा अतिरिक्त प्रहरी परिचालन गरिएको जनाएको छ ।
विश्वभरबाट ऐक्यवद्धता
म्यानचेस्टर घट्नाको विश्वभरबाट निन्दा भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर एन्जेला मर्केलले आतंकवादविरुद्ध यूकेसंग कांधमा कांध मिलाउने ऐक्यवद्धता व्यक्त गरेका छन् ।
युरोपेली युनियन (ईयू) ले घट्नाको निन्दा गर्दै आफू बेलायतको साथमा रहेको ऐक्यवद्धता सन्देश पठाएको छ । युरोपियन कमिसनमा झण्डा आधा झुकाइएको छ ।
घट्नापछि मंगलबार बिहान बेलायत सरकारको उच्च सुरक्षा अधिकारी सम्मिलित आपतकालिन कोब्रा बैठक बसेको थियो ।
प्रधानमन्त्री टेरेजा मेले घट्नालाई डरलाग्दो आतंकवादी हमला बताउंदै पीडितप्रति सहानुभूति प्रकट गरेकी छन् । उनले आफ्नो सबै चुनावी अभियान स्थगित गरेकी छन् । प्रतिपक्षी लेबोर पार्टीसहित अन्यले पनि प्रचार प्रसार अभियान स्थगित गरेको जनाइएको छ । बेलायतमा ८ जुनमा संसदीय निर्वाचनको तयारी छ ।
घट्नापछि कन्सर्ट स्थल नजिक रहेको म्यानचेस्टर भिक्टोरिया रेल स्टेशन बन्द गरिएको छ ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ