
काठमाडौँ, ५ जेठ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको अग्रता कायमै छ । प्रमुखमा काँग्रेसका चिरिबाबु महर्जनले १२ हजार ९२७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले ११ हजार ५५८ मतसहित पछ्याइरहनुभएको छ ।
त्यस्तै काठमाडाँै महानगरपालिकामा आज साँझ १० बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले) को अग्रता कायमै छ ।
प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य १२ हजार ६८३ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले आठ हजार ७३१ मतले पछ्याइरहनुभएको छ ।
त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले पाँच हजार ६१ मत र साझा पार्टीका किशोर थापाले तीन हजार ९०८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले ११ हजार ५७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले छ हजार ७०३ मत प्राप्त गरेकोे मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकामा हालसम्म ३८ हजार १८५ मतगणना भएको छ ।
कानपा वडा २८ मा काँग्रेस विजयी
काठमाडौँ महानगरको वडा नम्बर २८ का वडा अध्यक्षमा भाइराम खड्की विजयी हुनुभएको छ । उहाँले एक हजार छ मत प्राप्त गर्नुभएको छ ।
खुला वडा सदस्यमा काँग्रेसकै गौतवराज बाहक र अर्का खुला सदस्यमा एमालेका देवेन्द्र खड्की विजयी हुनुभएको छ । महिला सदस्यमा काँग्रेसकी सुनिता तन्डुकार, दलित महिलामा ललिता कार्की थली विजयी हुनुभएको छ । यस वडामा दुई हजार ९७६ मत खसेको थियो ।
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम