काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेले सात प्रदेशको प्रस्ताव ल्याएर पञ्चायत फर्काउन खोजेको आरोप लगाएका छन्। संविधानसभाको संवैधानिक-राजनीतिक संवाद समिति बैठकमा बोल्दै दाहालले कांग्रेस, एमालेको संयुक्त प्रस्ताव स्वीकार्य नहुने बताए ।
‘५ विकास क्षेत्रलाई ७ प्रदेश र १४ अन्चललाई ७ प्रदेश बनाएको भने पनि हुन्छ’ दाहालले भने ‘यो पन्चायतमा फर्केको आभास हुने प्रस्ताव हामीलाई मान्य हुँदैन।
कांग्रेस एमालेको प्रस्तावमा संघीयताका गन्ध पनि नरहेको भन्दै दाहालले कांग्रेस एमालेले २०४७ सालको संविधान ब्युताउनु खोजेको आरोप समेत लगाए। दाहालले बोल्नु अघि प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सात प्रदेश प्रस्ताव पेश गरेका थिए।
दाहालले कोइराला र ओलीलाई इतिहास र जनताले माफ नदिने बताए।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ