लन्डन । लन्डनमा रहेकी सामाजिक अभियन्ता रिता ‘पर्ल’ परियारले नेपालका अनाथ बालबालिकाको सहयोगार्थ लन्डनमा एक च्यारिटी डिनर गरि आर्थिक सहयोग संकलन गरेकी छन् ।
गत १४ मे सांझ साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित च्यारिटीबाट रिताले १६०८ पाउण्ड (करिब दुई लाख १० हजार रुपैयां) संकलन गरेकी हुन् । उनले संकलित रकम नेपालस्थित संस्था ‘जिम्मेवार युवा नेपाल’ द्वारा संरक्षित ४ जना अनाथ बालबालिकाको पठनपाठन सहयोगार्थ छिट्टै पठाउने बताएकी छन् ।
कार्यक्रममा परियारले आफ्नो पहिलो एकल प्रयासमा विश्वास गरि सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गरिन् ।
सोचेभन्दा बढि सहभागीले दंग रिताले सामाजिक कामलाई भविष्यमा पनि निरन्तरता दिने जनाइन् । कार्यक्रममा उनले सहयोग गर्न लागिएका अनाथ बालबालिकाबारे अवगत गराएकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथी एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्यले अनाथ बालबालिकाको सहयोगार्थ रिताको एक्लो प्रयास सरहानीय भएको बताउंदै प्रवासमा बस्ने नेपालीले मातृभूमिका लागि कुनै न कुनै तवरबाट सहयोग गरिरहेको बताए । एनआरएनए यूके उपाध्यक्ष कुमारी गुरुङले रिताको सामाजिक भाव उदाहरणीय भएको बताइन् ।
पत्रकार शिव भण्डारी र महिला श्रष्टा शशी थापा सुब्बाले सञ्चालन गरेको उक्त कार्यक्रममा लोकप्रिय गायिका शर्मिला बर्देवा, नवीन परियार र सुजाता काफ्लेले गीत गाएका थिए भने प्रमिला केसी, सिम्मी पुन लगायतले नाच प्रस्तुत गरे । कार्यक्रममा डिजे र साउण्ड व्यवस्थापन हेम विष्टले गरेका थिए ।
उक्त च्यारिटीमा एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य, एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठ, गोल्डेनसीप रेष्टुरेन्टका सञ्चालक देव गुरुङ, व्यवसायी बी पी खनाल, कानुनी सल्लाहकार महेश दाहाल, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई लगायतले आर्थिक सहयोग गरेका थिए ।
तस्विरहरुः जीवन के गाउंले
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते