
लन्डन । लोकप्रिय गायक उदित नारायण झाको एउटा मार्मिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । १२ मे, २०१७ का दिन हाइलाइट्स नेपालले भिडियो सार्वजनिक गरेको हो । झरी सरी बर्सिंदै छ आंसु तिम्रो यादमा…गीतमा निर्मित भिडियो सुल्तान इडिंगोले निर्देशन गरेका छन् । गीत लेखन अनल गौतम र संगीत अर्जुन पोखरेलको छ ।
भिडियोमा बेलायतवासी नायक ध्रुव दत्त र मोडल एवं मेकअप आर्टिष्ट बिना राईले अभिनय गरेका छन् । तीन घुम्ती, द प्लान लगायत चलचित्रका नायक दत्तको यतिखेर बेलायतमा जीगिसा नामक नाटकले दर्शक मन बटुलिरहेको छ ।
मोडल बिनाको केही साताअघिमात्र गायक स्वरुपराज आचार्यले गाएको यो सांझ…गीतको म्यूजिक भिडियो सार्वजनिक भएको थियो । मेकअपका क्षेत्रमा बेग्लै पहिचान बनाएकी उनी हालै नेपाल गएर फेसन शोमा ‘मेकअप डेमोन्सट्रेसन’ गरेर चर्चा बटुलेकी थिइन् ।
म्यूजिक भिडियो हेर्नुहोस्
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते