लन्डन । लन्डन फेसन हाउसले मिसेस नेपाल यूके २०१७ गर्ने भएको छ । बेलायतमा पहिलोपटक यस्तो प्रतियोगिता गर्न लागिएको हो । आगामी २ जुनमा लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा हुने अन्तिम प्रतियोगिताका लागि आइतबार पहिलो अडिसन भएको छ ।
आगामी २० मे सम्म आवेदन लिइने र उक्त दिन अन्तिम अडिसनपछि प्रतियोगीहरु फाइनल राउण्डका लागि भिड्ने संस्थाले जनाएको छ । लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले विवाहित महिलाहरुमा समेत सौन्दर्य हुने जनाउंदै उनीहरुको क्षमता प्रदर्शन एवं ‘सोसियल रिकग्निसन’ का लागि पहिलोपटक यस्तो प्रतियोगिता गर्न लागिएको जनाइन् । कम्तीमा डेढ दर्जन महिलाले प्रतियोगितामा भाग लिने विश्वास गरिएको छ ।
वीनरको टाइटलसहित मिसेस पर्सनालिटी, फोटो जेनिक, टयालेन्ट, पब्लिक च्वाइस आदि विद्यामा अवार्ड दिइने छ । विजेताका लागि सुनको गरगहना, पोशाक देखि अन्य विद्यागत अवसर समेत सृजना गरिने डंगोलले बताइन् । प्रतियोगितामा परिचय, टयालेन्ट राउण्ड र गाउन सेग्मेन्ट रहने छ ।
प्रतियोगिताका लागि मिस यूके नेपाल २०१६ टेनिसा राना, मेक अप आर्टिष्ट बिना राई, नर्स गंगा साम्पांग, सामाजिक अभियन्ता सिम्मी पुन, डिजे चांद लामा लगायतको आ आफ्नो विद्यामा प्रत्यक्ष भूमिका रहनेछ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका सल्लाहकार शिवजी श्रेष्ठले बेलायतमा यस्तो अवसर पहिलो पटक भएको जनाउंदै विवाहित महिलाहरुलाई घर धन्दा र जागिरमा मात्र सिमित नभएर आफ्नो क्षमता अभिवृद्धिमा समेत लाग्न सुझाव दिए ।
संस्थाले यसअघि वालवालिकाबीच सौन्दर्य र गायन प्रतियोगिता गरिसकेको छ ।
तस्विरः एभरेष्ट गौतम
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे