सुनसरी। धरानस्थित इलाका प्रशासन कार्यालयबाट राहदानी लिनेमा महिला र पुरुष बराबर संख्यामा रहेका छन्।
गतवर्ष मात्र धरान क्षेत्रबाट साढे ५ हजार जनाले राहदानी बनाएका थिए। ती मध्ये ४५ प्रतिशत महिला भएको इलाका प्रशासन कार्यालय सुनसरीको तथ्याङ्कमा उल्लेख छ।
अन्य जिल्लामा राहदानी लिनेमा पुरुषको संख्या अत्यधिक देखिएपनि धरान क्षेत्रमा महिला र पुरुषको संख्यामा खासै फरक नदेखिएको इलाका प्रशासन कार्यालयका खरदार प्रल्हाद श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार धरानक्षेत्रमा बसोबास गर्ने मध्ये अधिकाशं बेलायत, ब्रुनाइ, सिंगापुरमा कार्यरत छन् भने हङकङ आइडी लिएका पनि उतिकै छन्।
श्रीमान विदेशी सेनामा भएपछि श्रीमती पनि केही वर्षका लागि बस्नका लागि राहदानी बनाउने गरेकाले राहदानीवाहक महिलाको संख्या धरानमा बढी देखिएको उनले बताए। उनका अनुसार तीमध्ये विदेश अध्ययन गर्न जाने महिला पनि रहेका छन्।
कतिपय गोर्खा लाहुरे समुदायले आफ्ना छोराछोरीलाई पनि बोलाउने भएकाले राहदानी बनाउने महिलाको संख्यामा वृद्धि भएको हो। वैदेशिक रोजगारीकै लागि राहदानी बनाउने महिलाको संख्या भने कम रहेको उनले बताए।
इलाका प्रशासन कार्यालय धरानका खरदार प्रल्हाद श्रेष्ठका अनुसार धरान क्षेत्रबाट विदेशी सेना जस्तै बेलायत, ब्रुनाई र सिंगापुरमा जानेको संख्या करिब ८ हजार छ। उनीहरूका सबैजसो परिवारले राहदानी बनाउने गरेका छन्।
मुलुकभरका ईलाका प्रशासन कार्यालयमध्ये राहादानी वितरणबाट सबैभन्दा बढी राजश्व संकलन गर्ने कार्यालय धरानको हो। उक्त कार्यालयले बार्षिक डेढ करोड रुपैयाँ राजश्व संकलन गर्दै आएको छ। खरदार श्रेष्ठले भने, ‘महिलाले समेत पुरुषकै हाराहारीमा राहदानी बनाउने भएकाले राजश्व संकलन उच्च रहेको हो।’
नेपालको राजधानीमा एमालेको प्रदर्शन
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
पोखरामा युरोपेली सङ्घ चलचित्र महोत्सव : बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुसहित २५ चलचित्र
टोकियो डोममा दोस्रो पटक नेपथ्य
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट