काठमाडौँ, १७ वैशाख । नेपाली काँग्रेसले सबै दललाई समेटेर स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेको छ ।
काँग्रेस संसदीय दलको कार्यालयमा आज बिहान भएको पदाधिकारी एवम् पूर्वपदाधिकारी बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा तराई-मधेस केन्द्रित राजनीतिक दललाई चुनावमा जाने वातावरण बनाउने निर्णय गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।
सबैको सहमतिमा संविधान संशोधन प्रस्ताव पारित गराई चुनावी वातावरण बनाउन व्यवस्थापिका–संसद्को ठूलो दल भएका नाताले काँग्रेसले विशेष भूमिका निर्वाह गर्ने विषयमा पनि बैठकमा छलफल भएको सांसद रामकृष्ण यादवले बताउनुभयो ।
यही वैशाख ३१ निर्वाचन हुने प्रदेश नं ३, ४ र ६ का ८० प्रतिशत गाउँपालिका एवम् नगरपालिकाका उम्मेदवारको टुङ्गो पार्टीले लगाइसकेको छ । टुङ्गो लागिसकेकाहरुलाई ‘टिकट’ पठाइसकिएको मुख्यसचिव पौडेलले बताउनुभयो । बाँकी स्थानीय तहमा पार्टीबाट चुनाव लड्ने उम्मेदवारको अन्तिम नामावली सोमबार बिहानसम्म तयार पार्ने निर्णय पनि आज भएको छ ।
बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत पूर्वपदाधिकारीको पनि उपस्थिति थियो ।
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो