वर्षदेखि तीव्र विवादमा फंसेका कांग्रेसको दुई प्रवासी संगठन नेपाली जनसम्पर्क समिति बेलायत दुवै अवैधानिक देखिएका छन् । माउ पार्टी नेपाली कांग्रेस दुवै संगठनका बारेमा मौन बस्दै उनीहरुलाई आधिकारिता नदिएपछि अवैधानिक भएका हुन् ।
निर्वाचित अध्यक्ष लोक गुरुङले निर्धारित तीन वर्षको कार्यकाल सकिंदा पनि अधिवेशन गर्न नसकेपछि जनसम्पर्क समितिमा फुटको वीजारोपण भएको थियो ।
विदेश विभाग प्रमुख अर्जुन जोशीले तत्काल महाधिवेशन गर्न कांग्रेस नेता सम्पूर्णानन्द ढुङ्गानाको संयोजकत्वमा अधिवेशन तयारी समिति गठन गरेका थिए । संयोजक ढुङ्गाना र अध्यक्ष गुरुङले काम गर्न नसकिरहेका बेला कांग्रेस नेता विश्वआदर्श पण्डितलगायतका केही नेताले कोठे वैठक गरि गुरुङलाई निरन्तरता दिएको चेतनाथ खनाल पक्षको आरोप छ । साथै, उपाध्यक्ष र महामन्त्रीमा आफ्ना निकटका मानिसलाई राखि पण्डित र अध्यक्ष गुरुङले कांग्रेस फुटाएको आरोप खनाल पक्षले लगाएको छ ।
तर, अध्यक्ष गुरुङ भने महाधिवेशनमा नआउने व्यक्तिले फेसवुकमा मनपरी लेख्दै हिंडेको बताए । ‘फेसवुकमा लेखेर कोही पनि अध्यक्ष हुदैन, प्रक्रियामा आउनुपर्छ’, उनले वी नेपाली डट कमसित भने,‘पार्टी वाहिर बस्ने संस्थापक अध्यक्ष हुन् वा केन्द्रीय प्रतिनिधि म कसैलाई चिन्दिन ।’
स्रोतका अनुसार कांग्रेस जनसम्पर्क समितिमा व्यक्तिगत टकरावमा देखिएका दुई समूहले आ आफ्ना मान्छेहरु हुनुपर्छ भन्ने दावी गर्दा समिति दुई चिरा जस्तो हुन पुगेको हो । ‘दुई गुटका मान्छे समेट्न नसक्दा यस्तो अवस्था आएको हो’, अध्यक्ष गुरुङले विवादका बारेमा खुलेर भने, ‘पार्टी केन्द्र केही बोल्दैन, मलाई पनि केही लिनु छैन् । चांडै अधिवेशन गरेर टुग्याउँछु ।’ अध्यक्ष गुरुङले लण्डनमा भएको डेलिगेटको अधिवेशनले आफुलगायतका नयाँ कार्यसमितिलाई थप कार्यकालका लागि निर्वाचित गरेको दावी समेत गरे ।
सो दावीलाई अध्यक्ष खनालले अस्वीकार गर्दैै भने, ‘अधिवेशन मार्फत निर्वाचित व्यक्तिले कोठामा बसेर अधिवेशन भयो भन्नु कांग्रेस संस्कृति विपरित हो, त्यो अधिवेशन होइन गुटको बैठक हो । त्यसले नेतृत्व चयन गर्ने हैसियत राख्दैन् ।’ अध्यक्ष खनालले निर्वाचनद्धारा नै सबै कुराको छिनोफानो हुनु पर्नेमा जोड दिए ।
‘म पनि कांग्रेसका लागि जेलनेल भोगेको मानिस भएकाले अधिवेशनबाटै सबै कुराको टुङ्गो लगाउनुपर्छ’, उनले भने ।
स्रोतका अनुसार खनालको सुशिल कोइरालासँग सिधा पहुंच छ । अध्यक्ष गुरुङ पक्षको शेरवहादुर देउवा र खुमवहादुर खड्कासँग निकट सम्बन्ध रहेको स्रोत बताउँछ ।
दुवैले सुशिल कोइराला, शेरवहादुर देउवा र रामचन्द्र पौडेलको साथ आफ्नो पक्षमा रहेको दावी गर्दै आएका छन् तर, आधिकारिक पत्र भने दुवै पक्षसँग छैन् ।
एउटा पक्षको नेतृत्व लोक गुरुङले गरेका छन्, अर्काे पक्षको नेतृत्व चेतनाथ खनालले गरेका छन् । संस्थापक अध्यक्षहरु पुरुशोत्तम पौैडेल र विनोद मोक्तान तथा केन्द्रीय प्रतिनिधि विज्ञान प्रसाई अध्यक्ष खनालको पक्षमा देखिन्छन् । जसका प्रमाण उनीहरु खनाल पक्षले आयोजना गरेको महाधिवेशनमा उपस्थित भएका थिए । तर, गुरुङ पक्षले आफू मात्र आधिकारिक रहेको दावी गर्दै आएका छन् । दुवै पक्षले नयाँ र नौला कार्यक्रम नगरेपनि वीपी जयन्ती र राष्ट्रिय मेलमिलाप दिवस आ आफ्नै तरिकाले मनाउंदै आएका छन् ।
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा