
काठमाडौँ । चलचित्र पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित हुनुभएको छ । यहाँ सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १०औँ महाधिवेशनबाट उहाँ दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
सङ्घको सङ्गठन उपाध्यक्षमा रघुनाथ सापकोटा तथा कार्यक्रम उपाध्यक्षमा कुमार आचार्य, महिला उपाध्यक्षमा दीपज्योति थापा, महासचिवमा गोपिकृष्ण चापागाईं, खुल्लातर्फ सचिवमा मदन रिजाल, समावेशी सचिवमा मोहम्मद जालिम, कोषाध्यक्षमा मनिष अन्जान (दाहाल) तथा सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित हुनुभएको छ ।
यसैगरी सङ्घको सदस्यमा युवर्ण पौडेल, रतनबहादुर चन्द, सोजना लोहार, सुशील नेपाल, दिनेश थापा, नविन चापागाईं, दीपराज क्षेत्री र सालिकराम न्यौपानेलाई चयन गरिएको सङ्घका महासचिव चापागाईंले जानकारी दिनुभयो ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन