
फोटो पत्रकारिता दिवसका अवसरमा आयोजित फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता पुरस्कारअन्तर्गत विभिन्न विधामा पुरस्कृत फोटो पत्रकारहरु र अन्य व्यक्तित्वहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १३ वैशाख । राष्ट्रिय फोटो पत्रकार समूहले ‘डिमी थापा लाइफ टाइम एचिप्मेन्ट अवार्ड– ०७३’ पत्रकार भीम गुरुङलाई प्रदान गरेको छ ।
समूह २० वर्ष पुगेका अवसरमा आयोजना गरिएको फोटो पत्रकारिता दिवसमा यहाँ आज आयोजित समारोहमा वनमन्त्री शङ्कर भण्डारी र युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले ५०,००० (पचास हजार रुपैयाँ) राशिको सो अवार्ड प्रदान गर्नुभयो ।
त्यसैगरी पहिलोपटक सुरू गरिएको ‘एनटिसी डेली लाइफ फोटो पत्रकारिता अवार्ड–२०७३’ दि हिमालय टाइम्सका फोटो पत्रकार स्कन्द गौतमलाई प्रदान गरिएको थियो ।
‘श्रीधरप्रसाद आचार्य कल्चर एण्ड टुरिजम फोटो पत्रकारिता अवार्ड–२०७३’ नेपाल साप्ताहिकका पत्रकार लक्ष्मीप्रसाद नाखुसी, ‘थाहा अध्ययन प्रतिष्ठान राजनीतिक फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार निमेष राई र ‘कङ्गारु एजुकेशन अनलाइन फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।
त्यसैगरी ‘पाटन प्याथ ल्याब स्वतन्त्र फोटो पत्रकारिता अवार्ड–२०७३’ स्वतन्त्र फोटो पत्रकार राम गुरूङ र ‘ग्लोबल आइएमई बैंक विजनेश फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार बालकृष्ण थापालाई प्रदान गरियो ।
‘हेभी हेल्प लिङ्क महिला फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार बीजु महर्जन, ‘ओल्ड दरबार मनोरञ्जन फोटो पत्रकारिता अवार्ड–२०७३ पत्रकार महेशमान प्रधान, ‘मेट्स एजुकेशन मोफसल फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार कृष्णमणि बराल र ‘ग्रेस इनटरनेशनल खेलकुद फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार सुदर्शन रञ्जीतलाई प्रदान गरियो ।
‘भ्याली ग्रुप एनएफपिजे एक्टिभ मेम्वर फोटो पत्रकारिता अवार्ड–२०७३’ स्वतन्त्र पत्रकार किशोर श्रेष्ठलाई प्रदान गरिएको समूहका अध्यक्ष ध्रुव आलेले जानकारी दिनुभयो । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते