हाउस्टन (संयुक्त राज्य अमेरिका), १२ वैशाख । फोक्सो सुनिने रोग (निमोनिया) भएपछि अस्पतालमा भर्ना हुनुभएका अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लु बुसलाई अस्पतालमै निगरानीमा राखिएको छ ।
स्थानीय अस्पतालमा उहाँलाई निरन्तर निगरानीसहित उपचार भइरहेको सोमबार अस्पतालद्वारा जारी वक्तव्यमा जनाइएको छ ।
अचानक अस्वस्थ भइ गत शुक्रबार उपचारार्थ भर्ना गरिनुभएका अमेरिकाका पूर्वराष्ट्रपति एवम् बयोवृद्ध जर्ज एच डब्ल्यु बुस अझै अस्पतालमा उपचाररत रहनु भएको छ ।
विगत केही दिनदेखि हाउस्टन मेथोडिस्ट अस्पतालमा उपचार गराइरहनु भएका ९२ वर्षीय पूर्बराष्ट्रपति बुसलाई यसै हप्ताको अन्त्यसम्ममा उहाँको उपचारमा संलग्न चिकित्सकको टोलीले ‘डिस्चार्ज’ गर्ने अपेक्षा गरिएको छ । चिकित्सकले उहाँलाई निरन्तर विश्रमको आवश्यकता रहेको बताएका छन् ।
९२ वर्षीय पूर्वराष्ट्रपति बुसलाई गत शुक्रबार अचानक लगातार कडा खोकी लागेकाले तत्कालै स्थानीय हाउस्टन मेथोडिस्ट हस्पिटल पुरयाइएको थियो । त्यहाँ डाक्टरी जाँचपछि उहाँलाई निमोनियाले ग्रस्त बनाएको पत्ता लागेको थियो ।
पछिल्लो पटक गत अप्रिल १४ तारिखका दिन अस्पतालमा भर्ना हुनुभएका पूर्वराष्ट्रपति बुस यस वर्ष सन् २०१७ मा मात्रै अहिले तेस्रो पटक अस्पताल भर्ना हुनुभएको हो ।
उहाँको स्वास्थ स्थितिको जानकारी लिन उहाँका पुत्र पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुस अस्पताल पुग्नु भएको थियो ।
बयोवृद्ध बुसका पारिवारिक प्रवक्ता जिम म्याकग्राथले बताएअनुसार उपचारपछि शारीरिक शिथिलतामा कमी आएको, आराम महसूस भइ फूर्ति बढ्नुका साथै उहाँको स्वास्थस्थितिमा क्रमिक सुधार भइरेहको छ ।
पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुसले सन् १९८९ देखि १९९३ सम्म चारबर्ष र उहाँका पुत्र जर्ज डब्ल्यु बुसले सन् २००१ देखि २००९ सम्म दुई पटक गरी आठ वर्षसम्म अमेरिकाको राष्ट्रपति पदको कार्यभार सम्हाल्नु भएको थियो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा