काठमाडौ। नेकपा एमाले नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निरंकुश शैलीले पार्टी नचल्ने बताएका छन्। केन्द्रीय कार्यालय बल्खुमा शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुको नाममा अपिल गर्दै नेपालले करिब तीन हजार शब्दको ध्यानाकर्षण अपिल वितरण गरेका हुन् ।
सात बुँदे ध्यानाकर्षण अपिलमा महाधिवेशनको निर्णय उल्लंघन गरिएको, पार्टीको विधान र संगठनात्मक पद्धतिलाई लत्याएको, पदाधिकारी बैठकको सहमति उल्लंघन गरिएको, अध्यक्षबाट चरम निरंकुश शैली अवलम्बन गरिएको, सहमित र पद्धति कुनै पनि अवलम्बन नभएको, सहमति नखोजेको जस्ता आरोप छ ।
अध्यक्ष ओलीले धारणा राख्दा राख्दै बीचमै नेपालले ध्यानाकर्षण गराउँदै ओली शैलीले पार्टी चल्न नसक्ने बताएका थिए। ‘नवौ महाधिशवेन महत्वपूर्ण निर्णयहरुको कार्यान्वयन गर्ने दायित्व वहन गर्नका निम्ति नेतृत्व चयन गर्ने काम समेत गरेको थियो’ नेपालले भनेका छन् ‘नवौँ महाधिवेशनका निर्णयहरु अत्यन्त महत्वपूर्ण छन् र यी निर्णय कार्यान्वयन गर्न महाधिवेशनको दायित्व अत्यन्त गहन छ । तर, अध्यक्ष क. के.पी. ओलीले उक्त महत्व र गहनतालाई आत्मसात गरेको देखिदैन ।’
नेपालको ध्यानाकर्षण अपिलपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित