सिड्नी (अष्ट्रेलिया), ७ चैत । अष्ट्रेलियाको सिड्नीका विभिन्न रेल स्टेशनहरु अत्याधिक भिडभाडका कारण खतरापूर्ण बन्न थालेको एक अध्ययनले देखाएको छ ।
अनुसन्धानकर्ताहरुले तयार पारेको प्रतिवेदनमा इपिङ, स्ट्राथफिल्ड र उत्तरी सिड्नीका रेल स्टेशनहरुमा बनाइएका भौतिक संरचनाहरु पर्याप्त र आवश्यकता अनुसार नभएको उल्लेख गरिएको छ ।
सिड्नी विश्वविद्यालयका यातायात र आपूर्ति व्यवस्थापन विज्ञ जोफ्री क्लिफ्टनले सहायक सहरहरुमा मान्छेहरुको आवतजावत बढी भएर मान्छेहरुको भिडभाड बढेकाले गुणस्तरमा ह्रास आउन थालेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अत्याधिक धेरै मान्छेहरुले रेलको प्रयोग गर्दछन्, अत्याधिक भिडभाडका कारण उनीहरु आफै आजित भएका छन् ।’ यसलाई कम गर्न अवदेखि नै धेरैकाम एकपछि अर्को गर्दै जानु पर्ने उहाँको भनाई छ ।
‘अत्याधिक भिडभाडको समस्याको सिधा समाधान भनेको अर्को रेलमार्ग बनाउनु हो, तर यो बनाउन धेरै समय र खर्च लाग्छ’, उहाँले भन्नुभयो ।
यात्रुहरु रेलमा चढ्ने, बस्ने, ओर्लिने, रेल कुर्ने आदी कार्यमा केही सुधार गर्न सकिने जस्तो देखिने उहाँले बताउनु भयो ।
अत्याधिक धेरै जनसङ्ख्या बढ्दै जानु र एउटै मान्छेले पनि पटक पटक रेल प्रयोग गरिरहनु पर्ने कारण पनि समस्या उत्पन्न भएको उहाँको भनाई छ ।
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री वालेन्द्र शाह
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस