
निर्वाचन आयोगले निर्वाचनमा प्रयोगमा ल्याउन लागेको मतदाता परिचयपत्र छपाइ र लेमिनेशन गरेपछि तयारी भएको पत्र सञ्चारकर्मीलाई देखाउदै आयोगका प्रमुख आयुक्त डा अयोधिप्रसाद यादव । फाइल तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, ५ चैत । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गर्ने गन्तव्यसम्म आयोग पुगिसकेकाले निर्वाचन हुनेमा अब कुनै द्विविधा नरहेको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रिय सञ्चारमाध्यम (छापा र अनलाइन) का सम्पादकसँगको आज ललितपुरमा भएको अन्तरक्रियामा उहाँले निर्वाचनका लागि आवश्यक मतपत्र, मतदाता नामावली र मतदाता परिचयपत्रको छपाइ लगभग सकिसकेको र मतपेटिका लगायतका निर्वाचन सामग्रीको जिल्ला जिल्लामा ढुवानी भइरहेको जानकारी दिँदै निर्वाचन हुनेमा अब कुनै शङ्का नरहेको बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो – ‘लोकतन्त्रमा दलीय सहमति वा असहमति हुनु स्वाभाविक हो । आयोगले सावधानीपूर्वक काम गरिरहेको छ । दलहरु निर्वाचनबारे अर्काे सहमति गरेर अघि बढे पनि आयोगलाई मान्य हुने छैन ।’
‘निर्वाचन जनताको हातमा हुन्छ, मतदाताको हातमा हुन्छ, खेलाडी राजनीतिक दलहरु हुन्, निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन मात्रै गर्ने हो’, उहाँले भन्नृुभयो ।
निर्वाचनको व्यवस्थापन र तयारीमा आयोग निकै अघि बढिसकेकाले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न अब अध्यादेश आउन नसक्ने उहाँको भनाइ थियो । त्यसो गर्दा निर्वाचनका सम्पूर्ण प्रकृया अवरुद्ध हुने चेतावनी पनि उहाँले दिनुभयो ।
यस पटकको निर्वाचनमा मतदान ८० प्रतिशत भन्दा बढी पुरयाउने र बदर मत २ प्रतिशतमा झार्ने लक्ष्य आयोगले राखेको उहाँले जानकारी दिनुभयो ।
निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सञ्चारमाध्यमले प्रशंसनीय भूमिका खेलेको र त्यो आगामी दिन पनि जारी रहने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनको वातावरण बनाउन र स्वच््छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि आचारसंहिताको पालना गराउन सञ्चारमाध्यमले गर्दै आएको काम अतुलनीय रहेको बताउनुभयो ।
आयोगका सहसचिव नवराज ढकालले ७४४ स्थानीय निकायको वैशाख ३१ गते हुने निर्वाचनका लागि आयोगबाट भइरहेको तयारीबारे विस्तृतरुपमा जानकारी गराउनुभएको थियो ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा