सोलुखुम्बु । सोलुखुम्बुमा रहेका दुईवटा रेडियो सामुदायिक रेडियो सोलु एफएम र व्यावसायिक रेडियो शिखर एफएमले संयुक्त रूपमा आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट सङ्कलन भएको रकमले अस्थायी प्रहरी चौकी दोर्पुका लागि फर्निचर उपलब्ध गराएका छन् ।
तिहारको अवसरमा खेलिएको देउसीभैलोबाट सङ्कलन भएको रकमले प्रहरीका लागि पाँच थान कुर्सी र एक थान टेबुल उपलब्ध गराएका हुन् । योङ स्टार क्लबको प्राङ्गणमा बुधबार भएको कार्यक्रममा योङ स्टार क्लब तथा सोलु एफएम सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले प्रहरी नायब उपरीक्षक चन्द्रदेव राईलाई हिजो यहाँ आयोजित कायक्रममा फर्निचर हस्तान्तरण गरे ।
देउसीभैलो कार्यक्रमबाट रु ३९ हजार ८८६ सङ्कलन भएको थियो । फर्निचरण किनेर बाँकी रहेको रकम दुवै रेडियोका लागि प्राविधिक उपकरण खरिदका लागि खर्च गर्ने जनाइएको छ ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक चन्द्रदेव राईले चाडपर्व मनाउँदा गरेको रमाइलोसँगै सङ्कलन भएको रकम सदुपयोग गरेकामा खुसी व्यक्त गर्दै यस किसिमको कामबाट प्रहरी तथा सञ्चारकर्मीको सम्बन्ध सुदृढ हुने बताए ।
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट