सोलुखुम्बु । सोलुखुम्बुमा रहेका दुईवटा रेडियो सामुदायिक रेडियो सोलु एफएम र व्यावसायिक रेडियो शिखर एफएमले संयुक्त रूपमा आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट सङ्कलन भएको रकमले अस्थायी प्रहरी चौकी दोर्पुका लागि फर्निचर उपलब्ध गराएका छन् ।
तिहारको अवसरमा खेलिएको देउसीभैलोबाट सङ्कलन भएको रकमले प्रहरीका लागि पाँच थान कुर्सी र एक थान टेबुल उपलब्ध गराएका हुन् । योङ स्टार क्लबको प्राङ्गणमा बुधबार भएको कार्यक्रममा योङ स्टार क्लब तथा सोलु एफएम सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले प्रहरी नायब उपरीक्षक चन्द्रदेव राईलाई हिजो यहाँ आयोजित कायक्रममा फर्निचर हस्तान्तरण गरे ।
देउसीभैलो कार्यक्रमबाट रु ३९ हजार ८८६ सङ्कलन भएको थियो । फर्निचरण किनेर बाँकी रहेको रकम दुवै रेडियोका लागि प्राविधिक उपकरण खरिदका लागि खर्च गर्ने जनाइएको छ ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक चन्द्रदेव राईले चाडपर्व मनाउँदा गरेको रमाइलोसँगै सङ्कलन भएको रकम सदुपयोग गरेकामा खुसी व्यक्त गर्दै यस किसिमको कामबाट प्रहरी तथा सञ्चारकर्मीको सम्बन्ध सुदृढ हुने बताए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो