लण्डन । नेपालीहरुको अधिक बसोबास भएको फार्नब्रो–अल्डरसट क्षेत्रमा गहना चोरीको घटना बढ्दै गएको छ ।
स्थानीय प्रहरीका अनुसार यसै अप्रिल महिनामा मात्र गहना चोर्नलाई लक्षीत गरी भएका सातवटा घटना प्रहरीकहाँ दर्ता भएका छन् ।
फार्नब्रो सेफर नेबरहुड टिमका कम्युनिटी सपोर्ट प्रहरी अफिसर गोर्डन पेङ्गलीले स्थानीय नेपाली समुदायलाई पठाएको सचेतना इमेलमा उल्लेख भएअनुसार अप्रिल ८ तारिख मंगलबार अपराह्न ४ बजे इडी रोड अल्डरसटको एक घरमा एक व्यक्ति पस्छ र आपूmलाई खानेपानीबाट आएको बताउँछ । ऊ आपूm पाइप चेक गर्न लागेको अभिनय गर्छ भने ऊसितका अरु चार जनाले घरको खानतलासी गर्छन् । उनीहरुले नगद चोर्दै गरेको घरकै एक व्यक्तिले देखेपछि उनीहरुलाई लखेटिएको थियो ।
सोही दिन फार्नब्रोस्थित म्यारोब्रुक रोडको एक घरबाट घडी र मोबाइल फोन चोरी हुन्छ । उसैदिन अल्डरसटको ब्रिचेट रोडको एक घरमा ढोका ढकढक गरिन्छ । ढोका खोलेर हेर्दा बाक्लो ज्याकेट र पञ्जा लगाएका एक शंकास्पद व्यक्ति आपूmले मार्क नामक व्यक्तिलाई खोजेको बताउँछ । त्यस्तो नाम भएको व्यक्ति नभएको बताइएपछि ऊ फक्र्यो ।
अप्रिल ९ तारिखका दिन साँझ साढे ७ बजेतिर अल्डरसटको रिभिज रोडको एक घरमा पछाडिपट्टिको ढोका कसैले ढकढक गर्छ तर घरमुलीले गाली गरेपछि उनीहरु फर्किए ।
अप्रिल २२ तारिखएको दिन अल्डरसटको सान कार्लोस आप्रोचको एक घरबाट साँझ ५ बजेदेखि ७ बजेको बीचमा १० हजार पाउण्ड बराबरको गहना चोरियो ।
उसैदिन फार्नब्रोस्थित हिन्टोक क्लोजको एक घरमा साँझ ७.२० बजेतिर कसैले ढोका ढक ढक गर्छ । घरधनीले ढोका खोलेपछि उसले आपूmले पिट नामक व्यक्ति खोजेको बताउँछ । उसको क्रियाकलाप शंकास्पद लागेपछि घरधनीले चुनौती दिँदा ऊ भागेर खैरो रंगको कार चढेर भाग्छ ।
त्यही दिन फार्नब्रोकै म्यारोब्रुक लेनको एक घरमा पछाडिपट्टिको बारबाट एक व्यक्तिले चियोचर्चो गरिरहेको छिमेकी देखेपछि सोधपुछ गर्न थाल्दा सो व्यक्ति खैरो रंगको बीएमडब्ल्यु कार चढेर टाप कस्छ ।
प्रहरीहरुले चोरीको घटनाका शंकास्पद व्यक्तिहरुमाथि अनुसन्धान गरिरहेको बताएका छन् ।
अल्डरसट प्रहरी चौकीका डिटेक्टिभ कन्स्टेबल रोब मुर भन्छन्, “हामीलाई विश्वास छ कि उनीहरु मूल्यवानका गहना भएका घरलाई लक्ष गरिरहेका छन् । जसमा प्रायजसो एसियन परिवार पर्छन् ।”
प्रहरीका अनुसार चोरहरुले दुई तरिका अपनाउने गरेका छन् । पहिलो आपूmलाई बिजुली, पानी, ग्याँस आदिको प्रतिनिधि बताउने र सजिलैसित घरभित्र घुस्ने । अर्को तरिका, ढोका ढक ढक गर्ने अनि बलप्रयोग गरेर घरभित्र पस्न ठिक छ छैन जाँच्ने ।
प्रहरीले शंकास्पद गतिविधि देखिएमा तुरुन्त ९९९ मा फोन गर्न अपील गरेको छ ।
आपूmसित भएका गहनाहरु सुरक्षित र बीमा गरेर राख्ने अथवा बैँकमा जम्मा गर्ने, घरको सुरक्षा व्यवस्था राम्रो बनाउने, कतै सुरक्षामा कमीकमजोरी छ भने सुधार्ने, घरका झ्यालहरु खुल्ला नराख्ने, आपूm नभए पनि घरमा बत्ती बालेर राख्ने, घरमा अलार्म राखिएको छ भने बाहिर निस्कँदा वा राति अलार्म चलाउने, देखिने गरी गहना नराख्ने, गहनाको फोटो खिचि राख्ने (ताकि पछि फेला परिहालेमा दाबी गर्न सकियोस्) सुझाव प्रहरीले दिएको छ ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान