लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) बेलायतमा उब्जिएको विवाद समाधान गर्ने क्रममा खोजिएको सहमतिले संस्थालाई एक बनाउन सफल भए पनि संस्थालाई ६१ हजार पाउण्ड भने घाटा पारेको छ ।एनआरएनका नयाँ सदस्यता र पुराना सदस्यता नविकरण वापत १ लाख २१ हजार पाउण्ड उठ्नु पर्नेमा सहमतिमा ६० हजार पाउण्ड मात्र दाखिला हुने व्यवस्था गरिएको थियो ।
एनआरएन युकेको गत १५ सेप्टेम्बर २०१३ मा एकै दिन संस्थापन पक्ष योगेन्द्रबहादुर (योगेन) क्षेत्री र तत्कालिन उपाध्यक्ष महेन्द्र कँडेलले फरक–फरक स्थानमा महधिवेशन गरेका थिए । क्षेत्री समूहले अल्पर्टनमा आयोजना गरेको महाधिवेसनमा आफुहरुसित करिब ५ हजार ८ सय सदस्य भएको दाबी गरिएको थियो भने कँडेलले साउथ इस्टमा गरेको महाधिवेसनमा करिब ६ हजार ३ हजार सदस्य आप्mना पक्षमा भएको बताइएको थियो । जसअनुसार एनआरएन युकेको कुल सदस्यता १२ हजार १०० जना र सदस्यता शुल्क १ लाख २१ हजार पाउण्ड कोषमा दाखिल हुनुपर्ने थियो । एनआरएन युकेको सदस्य हुन प्रतिव्यक्ति १० पाउण्ड तिर्नु पर्छ ।दुई समूहमा बाँडिएका एनआरएनलाई एक बनाउन संरक्षकको हैसियतमा प्रा. डा. सूर्यप्रसाद सुवेदीको अगुवाईमा गरिएको असाधारण सहमतिको सम्मेलनमा दुई पक्षले ३०/३० हजार पाउण्ड बुझाउने सहमति गरिएको थियो ।
स्रोतका अनुसार सहमतिपछि क्षेत्रीले आफुले करिब ५० हजार पाउण्ड एनआरएन कोषमा जम्मा गरेको भन्दै २० हजार पाउण्ड फिर्ता लिएका थिए । त्यस्तै अहिलेका सह–अध्यक्ष महेन्द्र कँडेलले साउथ इस्टको प्लमस्टिडमा गरिएको अधिवेशनको खर्च १० हजार पाउण्ड घटाएर बाँकी २० हजार पाउण्डको चेक प्रा.डा. सुवेदीलाई बुझाएका थिए ।
सहमतिमा संस्थालाई घाटा परेछ नि भन्ने प्रश्नको जवाफमा एनआरएन युकेका अध्यक्ष योगेन क्षेत्रीले प्रा.डा. सूर्य सुवेदीको पहलमा सहमति गरिएको र सहमति अनुसार दुवै पक्षले ३०/३० हजार पाउण्ड बुझाउने भन्ने भएपछि सो सहमति आफुले पनि मानेको बताए । “सहमतिले संस्थालाई घाटा पुग्यो, नाफा भयो, कता लाग्यो भन्ने मलाई नसोध्नुस् डा. सुवेदीलाई नै सोध्नुस्” क्षेत्रीले भने| उता सहअध्यक्ष कँडेलले सहमति अनुसार आफुले ३० हजार पाउण्ड बुझाउनुपर्नेमा साउथ इस्टमा भएको अधिवेसनको खर्च कटाएर २० हजार पाउण्डको चेक बुझाएको बताए । पैसा त्यति बुझाए पनि आफुलाई सदस्यता फाराम बुझाएका सबै सदस्यहरुको एनआरएनको सदस्यता सदर गरिएको उनले प्रष्ट्याए ।
सहमतिमा दुई पक्षले गरेको महाधिवेसनको खर्च जाँच्न एनआरएन युकेका पूर्व अध्यक्ष सूर्य गुरुङको अध्यक्षतामा डा. चन्द्र लक्सम्बा र शेर सुनार रहेको सहमति गठन गर्ने निर्णय गरिएको छ । उता, सदस्यता शुल्क बढी भयो भन्ने गुनासोका बारेमा पनि अध्ययन गर्न अर्को समिति गठन गरिएको छ ।एनआरएनको सदस्यता एक जनाले आवेदन गर्ने तर सदस्यता शुल्क उम्मेदवार बन्न चाहने आकांक्षीहरुले एकमुष्ट तिरिदिने प्रवृत्तिका कारण यति धेरै सदस्यता शुल्क हराउँदा पनि कसैलाई चासो छैन । त्यसैले सदस्यता वापतको शुल्क फिर्ता लिने समूहले पनि फिर्ता भएको शुल्क सम्बन्धित सदस्यलाई फिर्ता गर्नुपरेको देखिँदैन ।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना