लण्डन । लण्डनको केन्द्र वेष्टमिन्स्टरमा बुधबार अपराह्न भएको आतंककारी घटनामा ५ जनाको मृत्यु भएको छ ।
दिउँसो करिब ३ बजे बेलायतको संसद भवनको गेटमा आतंककारीले कार ठोक्काउनुका साथै धारिलो हतियारले आक्रमण गरेका थिए ।
बीबीसीका अनुसार मृत्यु हुनेहरुमा आक्रमणकारी, एक प्रहरी र बाँकी सर्वसाधारण रहेको जनाइएको छ । जसमध्ये एक महिला पनि छन् । मृतकको नाम हालसम्म खुलाइएको छैन ।
गाडी ठोक्काउनुअघि आक्रमणकारीले वेष्टमिन्स्टर पुलमा पैदल यात्रुहरुमाथि जथाभावी गाडी कुदाउँदै आएको संचारमाध्यमहरुले जनाएका छन् । सो क्रममा आत्तिएर कतिपय थेम्स नदीमा हाम्फालेका थिए ।
प्रहरीले यस घटनालाई आतंकवादी आक्रमण भनेको छ र यसका बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
करिब ४० जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
सो घटनामा नेपालीहरु परेको हालसम्म जानकारी नभएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरनले बताए ।
पर्यटकहरुको घुइँचो लाग्ने र बेलायतको सरकारी अड्डाहरु रहेको अति सम्वेदनशील सो क्षेत्रमा भएको यस घटनापछि लण्डन आतंकित बन्न पुगेको छ । प्रधानमन्त्री थेरेसा मेले विशेष सुरक्षा समितिको बैठकको अध्यक्षता गरिरहेको बताइएको छ भने गृहमन्त्री एम्बर रुढले शान्त र पहरा गर्न आग्रह गरेकी छिन् ।
युरोपमा पटकपटक यस्ता आक्रमण भएपनि बेलायत भने शान्त रहँदै आएको थियो । प्रहरीले दर्जनौँ आक्रमणका प्रयासहरु विफल बनाउँदै आएको बताउँदै आएका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते