लण्डन । लण्डनको केन्द्र वेष्टमिन्स्टरमा बुधबार अपराह्न भएको आतंककारी घटनामा ५ जनाको मृत्यु भएको छ ।
दिउँसो करिब ३ बजे बेलायतको संसद भवनको गेटमा आतंककारीले कार ठोक्काउनुका साथै धारिलो हतियारले आक्रमण गरेका थिए ।
बीबीसीका अनुसार मृत्यु हुनेहरुमा आक्रमणकारी, एक प्रहरी र बाँकी सर्वसाधारण रहेको जनाइएको छ । जसमध्ये एक महिला पनि छन् । मृतकको नाम हालसम्म खुलाइएको छैन ।
गाडी ठोक्काउनुअघि आक्रमणकारीले वेष्टमिन्स्टर पुलमा पैदल यात्रुहरुमाथि जथाभावी गाडी कुदाउँदै आएको संचारमाध्यमहरुले जनाएका छन् । सो क्रममा आत्तिएर कतिपय थेम्स नदीमा हाम्फालेका थिए ।
प्रहरीले यस घटनालाई आतंकवादी आक्रमण भनेको छ र यसका बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
करिब ४० जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
सो घटनामा नेपालीहरु परेको हालसम्म जानकारी नभएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरनले बताए ।
पर्यटकहरुको घुइँचो लाग्ने र बेलायतको सरकारी अड्डाहरु रहेको अति सम्वेदनशील सो क्षेत्रमा भएको यस घटनापछि लण्डन आतंकित बन्न पुगेको छ । प्रधानमन्त्री थेरेसा मेले विशेष सुरक्षा समितिको बैठकको अध्यक्षता गरिरहेको बताइएको छ भने गृहमन्त्री एम्बर रुढले शान्त र पहरा गर्न आग्रह गरेकी छिन् ।
युरोपमा पटकपटक यस्ता आक्रमण भएपनि बेलायत भने शान्त रहँदै आएको थियो । प्रहरीले दर्जनौँ आक्रमणका प्रयासहरु विफल बनाउँदै आएको बताउँदै आएका थिए ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा