लन्डन । उद्योगमन्त्री नवीन्द्रराज जोशी शनिबार बिहान लन्डन आइपुगेका छन् ।
सिटी अफ लन्डनका लर्ड मेयर डा. एन्ड्रियू पार्मलीको निमन्त्रणामा उनी बेलायत आएका हुन् । लर्ड मेयर पार्मली जनवरी अन्तिम साता नेपालको चार दिने भ्रमण गएका बेला जोशीलाई बेलायत भ्रमणको निम्तो दिएका थिए ।
मन्त्री जोशी आगामी २२ मार्च बुधबार म्यान्सन हाउसमा आयोजना हुने नेपालमा हाइड्रो लगानी सम्भाव्यता सम्वन्धि अन्तरक्रिया कार्यक्रममा विशेष वक्ता हुनेछन् । उक्त कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिस र डिएफआइडी मन्त्री रोरी स्टेवार्ट समेत वक्ताका रुपमा छन् ।
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको द्विशतवार्षिकी समापन समारोह अन्तर्गत लन्डन दूतावासमा आयोजना हुने व्यापार तथा लगानी सम्वन्धि अन्तरक्रिया, राजकुमार हयारी सहभागी हुने २० मार्चको समापन समारोह, नेपाली जनसम्पर्क समिति बेलायत र एनआरएनए यूकेको कार्यक्रममा समेत मन्त्री जोशीको सहभागिता रहनेछ । उनले बेलायती राजनीतिज्ञ र उद्योगी व्यवसायीलाई समेत भेट्ने कार्यक्रम छ ।
मन्त्री जोशी २४ मार्चमा नेपाल फर्कनेछन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते