लन्डन । उद्योगमन्त्री नवीन्द्रराज जोशी शनिबार बिहान लन्डन आइपुगेका छन् ।
सिटी अफ लन्डनका लर्ड मेयर डा. एन्ड्रियू पार्मलीको निमन्त्रणामा उनी बेलायत आएका हुन् । लर्ड मेयर पार्मली जनवरी अन्तिम साता नेपालको चार दिने भ्रमण गएका बेला जोशीलाई बेलायत भ्रमणको निम्तो दिएका थिए ।
मन्त्री जोशी आगामी २२ मार्च बुधबार म्यान्सन हाउसमा आयोजना हुने नेपालमा हाइड्रो लगानी सम्भाव्यता सम्वन्धि अन्तरक्रिया कार्यक्रममा विशेष वक्ता हुनेछन् । उक्त कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिस र डिएफआइडी मन्त्री रोरी स्टेवार्ट समेत वक्ताका रुपमा छन् ।
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको द्विशतवार्षिकी समापन समारोह अन्तर्गत लन्डन दूतावासमा आयोजना हुने व्यापार तथा लगानी सम्वन्धि अन्तरक्रिया, राजकुमार हयारी सहभागी हुने २० मार्चको समापन समारोह, नेपाली जनसम्पर्क समिति बेलायत र एनआरएनए यूकेको कार्यक्रममा समेत मन्त्री जोशीको सहभागिता रहनेछ । उनले बेलायती राजनीतिज्ञ र उद्योगी व्यवसायीलाई समेत भेट्ने कार्यक्रम छ ।
मन्त्री जोशी २४ मार्चमा नेपाल फर्कनेछन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन