लन्डन । बेलायती संसदले इयू बहिर्गमन (ब्रेक्जिट) सम्बन्धि विधेयक सोमबार पारित गरेको छ । विधेयक पारित भएसंगै अब इयू बहिर्गमन सम्बन्धि आर्टिकल ५० अनुरुप प्रक्रिया थाल्न बेलायत सरकारलाई बाटो खुलेको छ । प्रधानमन्त्री टेरेजा मेले यही मार्च अन्तिमबाट आधिकारिक रुपमा ब्रेक्जिट वार्ता शुरु गर्ने अपेक्षा छ ।
तर, बेलायतको माथिल्लो सदन हाउस अफ लर्डस्को बेलायतमा बसोबास गरिरहेका युरोपियन युनियन आप्रवासीलाई बस्ने अधिकार सुनिश्चित गर्नुपर्ने संशोधन प्रस्ताव भने तल्लो सदन हाउस अफ कमन्सले अस्वीकार गरिदिएको छ ।
इयू बहिर्गमन कुन सर्तमा हुने हो भन्ने अनिश्चितता कायमै छ । बेलायती प्रधानमन्त्री मेले इयूको कमन मार्केट तथा भन्सार संघबाट अलग्गिने नीति रहेको बताइसकेकी छिन् । तर, यसो गर्दा अर्थतन्त्रलाई नोक्सान पुग्ने व्यवसायीको तर्क छ भने बढ्दो इयू आप्रवासी संख्या कम गर्न यो नीति अवलम्बन गर्न जरुरी भएको इयू विरोधीहरुले बताउंदै आएका छन् ।
ब्रेक्जिट कुन सर्तमा हुने भन्ने निक्र्यौल नहुन्जेल बेलायती मुद्राको भाउमा स्थायित्व नआउने बताउंछन् अर्थ व्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्य । कमजोर मुद्रामा निर्यात व्यवसायलाई फाइदा भएपनि पेट्रोलियम आयात गर्नुपर्ने हुनाले यसले मुद्रास्फीति बढ्न सघाउने आचार्यले बताए ।
ब्रेक्जिटले बेलायती राजनीतिमा चर्को विभाजन हुने क्रम जारी छ । वर्तमान सरकारको ब्रेक्जिट नीतिबाट असन्तुष्ट हुंदै स्कटल्याण्डकी प्रथममन्त्री निकोला स्टर्जनले ब्रेक्जिट सम्झौता पूर्ण रुपले हुनु अगाडि नै स्कटल्याण्ड यूकेबाट छुट्टिन सन् २०१९ भित्र पुनः जनमत संग्रह गर्नुपर्ने घोषणा गरेकी छिन् । वहुमत स्कटिस जनताले इयूसंग नै रहनुपर्ने भन्ने पक्षमा भोट हालेको बताउंदै उनले स्कटल्याण्ड इयूबाट अलग हुन नहुने बताउंदै आएकी छिन् । स्कटल्याण्डको स्वतन्त्रता जनमत संग्रह गर्न बेलायती प्रधानमन्त्री मेले स्वीकृत गर्नु पर्छ । स्टर्जनको जनमत संग्रह घोषणाप्रति कडा प्रतिक्रिया जनाउंदै प्रधानमन्त्री मेले राजनीति खेल जस्तो नभएको प्रतिक्रिया दिएकी छिन् । स्कटल्याण्डको जनसंख्या करिब ५३ लाख छ ।
पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले आफ्नो लक्ष्य बेलायतीहरुलाई सचेत बनाइ इयू बहिर्गमन (ब्रेक्जिट) मा मानिसको विचार परिवर्तन गराउने बताएपछि राजनीतिक वृत्त तरंगित भएको छ । उनले ब्रेक्जिटको खास असर थाहा नभइकन गत वर्षको जनमत संग्रहमा मत हालेको बताएका छन् । वर्तमान टेरेजा मे सरकारले ब्रेक्जिट कार्यप्रति हतार गरी चट्टानको चुचुरोबाट हाम्फाल्न खोजेको आरोप ब्लेयरको छ । त्यस्तै अर्का पूर्व प्रधानमन्त्री जोन मेजरले पनि इयू बहिर्गमन कडा रुपले भए बेलायतले ठूलो मुल्य चुकाउनुपर्ने बताउंदै वर्तमान सरकारको आलोचना गरेका छन् ।
सन् १९९७ मा टोनी ब्लेयरले विकेन्द्रीकरणको नीति अनुरुप स्कटल्याण्ड पार्लियामेन्टको अवधारणा राखेका थिए । हालैका वर्षमा स्कटिस नेशनल पार्टी (एसएनपी) को बढ्दो लोकप्रियताले पहिलो स्वतन्त्रताका लागि गत सेप्टेम्बर २०१४ मा जनमत संग्रह भएको थियो जसमा यूकेमा नै रहने भन्नेमा वहुमतले मत हालेका थिए ।
पहिलो जनमत संग्रहमा स्वतन्त्र पक्षधरले हार्नु पछाडि वहुसंख्यक मानिसले आर्थिक मुद्दालाई नै प्रमुख बनाएर स्कटल्याण्ड अलग हुंदा रोजगार तथा सम्वृद्धि कम हुने भन्ने बुझेको आचार्य बताउंछन् । स्कटल्याण्डको मुख्य आय श्रोत नर्थ सीको पेट्रोलियम तथा ग्यांस उत्खनन रहेको र यसबाट अर्थतन्त्रमा वार्षिक ७ अर्ब पाउन्ड बढि योगदान दिने बताउंदै आए पनि पेट्रोलियम तथा ग्यांस मुल्य गिरावटले सन् २०१५ मा ९४ प्रतिशत न्यून भइ जम्मा १३ करोड पाउन्ड मात्र योगदान भएको थियो । इकान्तिपुर
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई