काठमाडौं। ज्ञानेन्द्र मल्लको शतकको मद्दतले नेपालले सिंगापुरमा जारी आइसिसी डिभिजन थ्री क्रिकेट प्रतियोगितामा सिंगापुरलाई २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर ब्याटिङ गर्न आएको नेपालका लागि उप कप्तान मल्लले १ सय १४ रनको इनिङ खेलेका थिए। पहिलो ओभरको दोस्रो बलमा ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल शुन्यमा आउट भएपछि मल्ल ब्याटिङ गर्न आएका थिए।
४३ ओभर ४ बलमा आउट हुनुअघि मल्लले १ सय २५ बल खेल्दै १३ चौका र एक छक्का प्रहार गरेका थिए।
नेपालका लागि नरेश बुढाऐरले २९, पारस खड्काले १४, शरद भेषवाकरले २५, बसन्त रेग्मी २१, बिनोद भण्डारीले ८, सागर पुनले २१, सोमपाल कामी र अमृत भट्टराईले ६-६, शक्ति गौचने ५ रन बनाएका थिए।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा