काठमाडौं। ज्ञानेन्द्र मल्लको शतकको मद्दतले नेपालले सिंगापुरमा जारी आइसिसी डिभिजन थ्री क्रिकेट प्रतियोगितामा सिंगापुरलाई २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर ब्याटिङ गर्न आएको नेपालका लागि उप कप्तान मल्लले १ सय १४ रनको इनिङ खेलेका थिए। पहिलो ओभरको दोस्रो बलमा ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल शुन्यमा आउट भएपछि मल्ल ब्याटिङ गर्न आएका थिए।
४३ ओभर ४ बलमा आउट हुनुअघि मल्लले १ सय २५ बल खेल्दै १३ चौका र एक छक्का प्रहार गरेका थिए।
नेपालका लागि नरेश बुढाऐरले २९, पारस खड्काले १४, शरद भेषवाकरले २५, बसन्त रेग्मी २१, बिनोद भण्डारीले ८, सागर पुनले २१, सोमपाल कामी र अमृत भट्टराईले ६-६, शक्ति गौचने ५ रन बनाएका थिए।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो