लसएन्जेल्स (अमेरिका), १६ फागुन । प्रसिद्ध अमेरिकी निर्देशक वारी जेनकिन्सद्वारा निर्देशित सिनेमा ‘मुनलाइट’ ले ८९ औँ एकेडेमी अवार्ड (ओस्कार पुरस्कार) अन्तर्गत सर्वोत्कृष्ट तस्बिर पुरस्कार हात पार्न सफल भएको छ ।
उक्त सिनेमा यस वर्ष आठौँ ओस्कार छनौटमा परेको थियो भने हालै सर्वोत्कृष्ट चलचित्रका लागि गोल्डेन ग्लोब अवार्ड पनि हात पार्न सफल भएको थियो ।
ओस्कार पुरस्कारका लागि मजबुत दाबेदार मानिएको लाला ल्यान्डलाई पछि पार्दै मुनलाइटले सर्वोत्कृष्ट चलचित्र पुरस्कार पाउन सफल भएको हो । लाला ल्यान्डले सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ अभिनेत्रीलगायत जम्मा ६ वटा ट्रफी जित्न सफल भएको छ ।
त्यसैगरी यस वर्ष एम्मा स्टोनले सर्वोत्कृष्ट अभिनेत्री बन्न सफल हुनुभएको छ । उहाँ चलचित्र ‘लाला ल्यान्ड’ मा अभिनय गरेकोमा पुरस्कृत बन्नुभएको हो ।
‘मेन चेस्टर बाइ द सी’ चलचित्रमा गरेको सफल अभिनयका लागि क्यासी अफलेक सर्वोत्कृष्ट नायक बन्न सफल बन्नुभएको छ ।
डामिएन चाजेलीले ८९ औँ ओस्कार पुरस्कारअन्तर्गत सर्वोत्कृष्ट निर्देशक पुरस्कार प्राप्त गर्न सफल हुनुभएको छ । उहाँ ‘लाला ल्यान्ड’ का निर्देशक हुनुहुन्छ ।
भाइओला ड्याभिसले यस वर्षको सर्वोत्कृष्ट सहनायिकाका रुपमा ओस्कार पुरस्कार प्राप्त गर्नुभएको छ ।
उहाँ पारिवारिक चलचित्र फेन्सेसमा आमाको भूमिकामा अभिनय गर्नुभएको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार