काठमाडौं। नुवाकोटमा शुक्रबार भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले बताएका छन्। काठमाडौंबाट रसुवा जाँदै गरेको बस बेलकोटमा दुर्घटनाग्रस्त भएको हो। 
ट्राफिक प्रहरी दिलबहादुर राईले ५० जनाभन्दा बढी घाइते भएको बताएका छन्। दुर्घटनाग्रस्त बस भीरबाट १ सय ५० मिटरमा तल खसेको छ।
मृत्यु हुनेमा केही विदेशी नागरिक पनि भएको बताइएको छ। नुवाकोटको देवीघाटस्थित नेपाली सेनाको फस्ट राइफल, सशस्त्र र नेपाल प्रहरी र स्थानीय बासिन्दा उद्धार कार्यमा लागेका छन् । घाइतेलाई राजधानी ल्याउने दुर्घटनास्थलमा हेलिकप्टर लगिएको छ। विदेशी पर्यटक पदयात्राका लागि रसुवातर्फ जाँदै गरेका थिए। बसमा नौ विदेशी यात्रारत रहेको बताइएको छ। मारिने विदेशी नागरिकमा २ इजरेली र एक स्पेनीस नागरिक छन्।
दुर्घटनामा बस मालिकका छोरीको समेत मृत्यु भएको छ । दुर्घटनाको समयमा बसमा छतमा समेत यात्रु रहेको बताइएको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो