पर्सा, ९ फागुन । राष्ट्रिय एकता मजबुत र सौहार्द बनाउने अभियानसहित धुर्मुस र सुन्तली तराई प्रवेश गर्नुभएको छ ।
भूकम्प प्रभावितका लागि एकीकृत बस्ती निर्माण गरी देश तथा विदेशबाट समेत प्रशंसा बटुलेका सुन्तली र धुर्मुस अब नेताहरुको अकर्मण्यताका कारण बिग्रिएको सामाजिक सद्भावलाई स्थापित गर्ने अभियान लागिपर्नुभएको छ ।
धुर्मुस–सुन्तली फाउन्डेसनले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल
(धुर्मुस) ले विनाशकारी भूकम्पले पिरोलिएका हिमाली, पहाडी र तराईवासीले एकापसमा सहयोग गरी देखाएको सौहार्दता पछिल्लो समयमा नेताहरुको बोली र व्यवहारले कमजोर भएको बताउनुभयो ।
उहाँले ‘राष्ट्र निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तराईमा व्याप्त अशिक्षा, बालविवाह, असमानताविरुद्धको चेतनामूलक कार्यक्रमसँगै तराईका जिल्लामा रहेका दलित बस्तीको पुनःनिर्माणको अभियानलाई अगाडि बढाएको जानकारी दिनुभयो ।
कट्टेलका अनुसार महोत्तरीको बर्दिबासमा बालमैत्री एकीकृत बस्ती निर्माण कार्यको थालनी गरिएको छ र अहिलेसम्म सो बस्तीको काम ५० प्रतिशत पूरा भएको छ ।
पत्रकार सम्मेलनमा साथै रहनुभएकी कुञ्जनाले बालविवाह, दाइजो प्रथाजस्ता विकृतिले पिरोलिएका तराईवासीमा चेतना अभिवृद्धि गर्न आफूहरुले तयार पारेका दुईवटा चलचित्र पर्सा जिल्लाको विभिन्न स्थानमा प्रदर्शन गर्ने योजना रहेको जानकारी दिनुभयो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते