
लन्डन, ४ फागुन । केही महिना अघिदेखि अमेरिकी डलर तथा विश्व अर्थ बजारका बलिष्ठ मुद्राका तुलनामा बेलायती स्टर्लिङ्ग पाउण्ड अवमूल्यन हुँदा ठूला जेट विमानका इन्जिन तथा मुख्य मुख्य पार्टपुर्जा उत्पादक, ख्यातिप्राप्त बेलायती कम्पनी रोल्स रोयसले ठूलो नोक्सान सहनु परेको छ ।
बेलायतमा सन् २०१६ को जुन महिनामा सम्पन्न जनमत सङ्ग्रहमा युरोपेली सङ्घबाट बेलायत बहिर्गमन हुने बहूमतीय जनादेश आएपछि उत्पन्न आर्थिक तथा राजनीतिक हलचलले विश्वब्यापी रुपमै बेलायती मुद्रा – स्टर्लिङ्ग पाउण्डको मूल्यमा भारी गिरावट आएको थियो ।
अमेरिकी डलरको तुलनामा स्टर्लिङ्ग पाउण्डको मूल्यमा भारी गिरावट आएकै कारण अन्य बेलायती उत्पादक वा व्यापारिक घरानाको तुलनामा सबभन्दा कडा मार पर्न गयो रोल्स रोयसलाई । प्रत्यक्ष व्यापार घाटा (म्यानुफ्याक्चरिङ्ग लस) नदेखिए ता पनि गत जुनदेखि हालसम्म चार दसमलव चार अर्ब स्टर्लिङ्ग पाउण्ड जति (पाँच दसमलव पाँच अर्ब अमेरिकी डलर बराबर) को मुद्रागत नोक्सानी (मनिटरी लस) सहनुपरेको हिसाब रोल्स रोयसले निकालेको छ ।
विभिन्न राष्ट्रका आफ्ना ग्राहकसँग विमानका ईन्जिन तथा अन्य पार्टपुर्जा आपूर्ति गर्ने प्रयोजनका लागि गरेको आर्थिक करार सम्झौताको अवधिमा स्टर्लिङ्ग पाउण्डको मूल्यमा करिब बीस प्रतिशतले गिरावट आएपछि सो मौद्रिक विनिमय नोक्सानी सहनु परेको रोल्स रोयसले जनाएको हो ।
मौद्रिक विनिमय नोक्सानीका अतिरिक्त मौद्रिक विनिमयमा घुसखोरी गरेको (ब्राइबरी एल्लिगेसन) आरोपमा रोल्स रोयसले ६७ करोड दस लाख स्टर्लिङ्ग पाउण्ड जति त जरिवानाबापत नियमन निकायलाई तिर्नु बुझाउनु परेको थियो ।
सन् २०१५ मा आठ करोड चालीस लाख पाउण्ड खुद मुनाफा आर्जन गर्न रोल्स रोयसले यस्तै यस्ता कारणवश सन् २०१६ मा चार अरब पाउण्ड खुद नोक्सानी सहनु परेको र यस नोक्सानीले बिराम नलागे ता पनि केही बर्षसम्म कम्पनी थला परी व्यापार यात्रा कठिन हुने देखिएको छ ।
यद्यपि, सन् २०१५ मा १३ अर्ब सत्तरी करोड पाउण्ड कुल आय रहेकोमा सन् २०१६ मा यसमा केही वृद्धि भई १५ अर्ब पाउण्ड पुगेको थियो ।
ठूला जेट विमानको इन्जिन र इन्जिन सम्बन्धित पार्टपुर्जा उत्पादन गर्नेः जनरल इलेक्ट्रिक, सिएफएम, डग्लास म्याक डोनेल, प्राट् एण्ड ह्विट्ने लगायतका कम्पनीहरुको तुलनामा रोल्स रोयसद्वारा उत्पादित इन्जिन तथा सरसामानहरुको अलि बढ्तै बिश्वसनीयता भएकै कारण विश्व उड्डयन उद्योगको बजारमा यस कम्पनीले ख्याति तथा मुनाफा आर्जन गरिरहेको थियो ।
संसारका अति सम्पन्न वा अति धनीमानीवर्ग तथा राजघरानाले मात्र चढ्न पाउने, अन्य सर्वसाधारण जनताले त किन्नै पनि नपाउने महँगो गाडी भनी नाम कहलिएको रोल्स रोयस लक्जरी एण्ड सेफ्टी कारको विगतका कैयन दशकसम्म उत्पादन र बिक्री वितरणबाट संसारभर आफ्नो विशिष्ट पहिचान बनाएको पुरानो र ख्याति प्राप्त यस कम्पनीले केही दशकपूर्वदेखि सो कार उत्पादन गर्न छाडेर विमानका इन्जिन र पार्टपुर्जा उत्पादनतर्फ हात हालेको थियो ।
वर्तमानमा यस्ता रोल्स रोयस लक्जरी एण्ड सेफ्टी कार जस्तै महँगो गाडीहरु बिएमडब्लु नामक कम्पनीले उत्पादन र बिक्री वितरण गर्ने गर्छ । रासस-एपी
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई