
प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित बिदाइ समारोहमा सहभागी हुँदै महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायत अन्य प्रहरीहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, २ फागुन । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक डा दिनेशचन्द्र पोखरेललाई आज निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले डा पोखरेललाई निमित्त प्रहरी महानिरीक्षक बनाएको ऊर्जामन्त्री जनार्दन शर्माले राससलाई जानकारी दिनुभयो । डा पोखरेल प्रहरी अस्पतालका प्रमुख हुनुहुन्छ । महानिरीक्षक नियुक्तिका विषयमा सर्वोच्च अदालतले दिएको आदेश तथा आजै प्रहरी प्रमुख छान्नुपर्ने अवस्थाका कारण सरकारले डा पोखरेललाई सो जिम्मेवारी दिएको हो ।
सरकारले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाए पनि सर्वोच्च अदालतले उहाँको नियुक्तिको प्रक्रिया तत्काल अगाडि नबढाउन आदेश दिएको छ ।
महानिरीक्षक अर्यालसहित पन्ध्र जना सेवानिवृत्त
महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित नेपाल प्रहरीको माथिल्लो तहको ठूलो जनशक्ति आज एकै पटक सेवानिवृत्त भएको छ । सेवानिवृत्त हुनेमा प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर वज्राचार्य, केदार साउद, यादव अधिकारी, परशुराम खत्री, विश्वराजसिंह शाही र सुशीलवरसिंह थापा हुनुहुन्छ । त्यस्तै प्रहरी नायब महानिरीक्षक श्यामबहादुर खड्का, रामकुमार खनाल र मनोहरप्रसाद रिमाल पनि आजैदेखि सेवानिवृत्त हुनुभएको छ ।
प्रहरी प्रधान कार्यालयमा आज साँझ आयोजित समारोहमा अवकाश पाउने सबै वरिष्ठ प्रहरी अधिकृतलाई तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले मायाको चिनो प्रदान गरेर बिदाइ गर्नुभयो ।
नेपाल प्रहरीमा नोकरी सेवा अवधि ३० वर्ष कायम छ । उहाँहरु सबै विसं २०४३ फागुन ३ गते प्रहरी निरीक्षकमा प्रहरी सङ्गठनमा प्रवेश गर्नुभएको थियो । बिदाइ समारोहलाई सम्बोधन गर्दै सेवानिवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक अर्यालले नागरिकको विश्वास नै प्रहरी सङ्गठनको सबैभन्दा ठूलो पुँजी हो भन्ने पक्षलाई हेक्कामा राखेर काम गर्न सकल दर्जालाई निर्देशन दिनुभयो ।
श्री अर्याल विसं २०७० मङ्सिर १ गते नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा हुनुभएको थियो । उहाँको नेतृत्वमा प्रहरी सङ्गठनले दोस्रो संविधानसभाको निर्वाचन, भूकम्पपछिको खोजी, उद्धार र राहत, १८ आँै सार्क सम्मेलनजस्ता कार्यमा शान्ति सुव्यवस्था कायम गरी सफलतापूर्वक सम्पन्न गरेको थियो ।
तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले सेवानिवृत्त हुन लागेको प्रहरी जनशक्तिबाट सङ्गठनको विकासमा पुरयाएको योगदानलाई इतिहासले मूल्याङ्कन गर्ने विश्वास गर्नुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो