लन्डन । बेलायतमा पहिलो पटक एक जना नेपाली उपमेयर निर्वाचित भएका छन् । फिजिओथेरापिष्ट डा. जगन्ननाथ शर्मा नर्थ योर्कसायरको कोलबर्न टाउन काउन्सिलका उप मेयर निर्वाचित भएका हुन् ।
शर्मा यसअघि उक्त काउन्सिलमा करिव चार वर्ष काउन्सिलर थिए ।
‘उपमेयर नियुक्तिले खुशीसंगै जिम्मेवारी वोध पनि भएको छ’, शर्माले भने, ‘अब मेरो मात्र होइन, नेपालीको पनि नाम कसरी उंचो राख्न सक्छु भन्ने चिन्ता थपिएको छ ।’
अब उनले स्थानीय विकासका योजनाबाहेक स्थानीय समुदायबीच सौहार्द वातावरण निर्माण, मेलमिलाप, संस्कृति आदानप्रदान जस्ता कुरामा आफ्नो ध्यान केन्द्रित गर्ने जनाए । विशेष गरि नेपाली सहित ‘इथ्नीक माइनोरिटी’ का लागि कल्याणकारी काम गर्ने अठोट शर्माको छ । उनको क्षेत्रमा करिव पांच सय नेपाली छन् । स्थानीय ब्रिटिश गोर्खा एण्ड नेपलिज कम्युनिटीको एक्सटर्नल अफेयर्स कोअर्डिनेटर समेत रहेका शर्माले नेपाली कम्युनिटी हल बनाउन पनि पहल गर्ने बताए ।
१३ वर्ष अघि बेलायत आएका पर्वत रानीपानी गाविस ९ का स्थायी वासिन्दा शर्मा एक दशक यता बेलायती रक्षा मन्त्रालय (एमओडि) अन्तर्गत इन्फेन्ट्री ट्रेनिङ सेन्टर क्याट्रिकमा प्रमुख फिजिओथेरापिष्टका रुपमा कार्यरत छन् । उक्त सेन्टर गोर्खासहित ब्रिटिश इन्फेन्ट्री सैनिकहरुको एकमात्र तालिम केन्द्र हो । केन्द्रबाट वर्षेनी चार हजार सैनिकले तालिम लिन्छन् । उनले बेलायतको सरकारी स्वास्थ्य सेवा (एनएचएस्) मा पनि काम गरेका थिए ।
अष्ट्रेलियाको कर्टिन युनिभर्सिटी अफ टेक्नोलोजीबाट फिजियोथेरापीमा बीएस्सी अनर्स गरेका शर्माले बेलायत आउनुअघि अष्ट्रेलियाकै अर्माडेल हस्पिटल, पर्थमा एकवर्ष जति काम गरेका थिए । फिजिओथेरापीका रुपमा उनको व्यवसायिक करिअर वीरेन्द्र प्रहरी अस्पतालबाट शुरु भएको थियो । शर्माका दुई छोरी र श्रीमति छन् ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श