काठमाडौं। नयाँ संविधानको अन्तरबस्तुबारे सहमति जुटाउन नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका नेताहरु काठमाडौंस्थित काँठ क्षेत्रमा रहेको गोकर्ण रिसोर्ट पुगेका छन् । बैठकमा तीन राजनीतिक दलका तीन तीन जना नेताहरु सहभागी छन्।
संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणाली जस्ता महत्वपूर्ण विषयमा प्रमुख तीन दलहरुबीच सहमति हुन बाँकी छ।
बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपाध्यक्ष रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल छन् । त्यसैगरी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सहभागिता छ।
संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको पहलमा मंगलबार र बुधबार दुई दिन वार्ता हुन लागेको हो। नेताहरुका लागि मंगलबार राति गोकर्ण रिसोर्टमै बासको व्यवस्था गरिएको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो