काठमाडौं। नयाँ संविधानको अन्तरबस्तुबारे सहमति जुटाउन नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका नेताहरु काठमाडौंस्थित काँठ क्षेत्रमा रहेको गोकर्ण रिसोर्ट पुगेका छन् । बैठकमा तीन राजनीतिक दलका तीन तीन जना नेताहरु सहभागी छन्।
संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणाली जस्ता महत्वपूर्ण विषयमा प्रमुख तीन दलहरुबीच सहमति हुन बाँकी छ।
बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपाध्यक्ष रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल छन् । त्यसैगरी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सहभागिता छ।
संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको पहलमा मंगलबार र बुधबार दुई दिन वार्ता हुन लागेको हो। नेताहरुका लागि मंगलबार राति गोकर्ण रिसोर्टमै बासको व्यवस्था गरिएको छ।
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]