लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका संरक्षक जीवा लामिछाने आफ्नो नयां कृति ‘सरसर्ती संसार’ को बेलायत बिमोचनका लागि लन्डन आउने भएका छन् । यसअघि नेपाल, मस्को र तान्जानियामा विमोचन भइसकेको उक्त नियात्राको बेलायत विमोचन आगामी जनवरी ८ तारिख आइतबार लन्डनमा हुने भएको हो ।
इष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा हुने उक्त लोकार्पण समारोहमा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित बेलायतका विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा, सञ्चारकर्मी लगायत उपस्थित हुने कार्यक्रम संयोजक पत्रकार चिरन शर्माले जानकारी दिए । उक्त दिन नियात्राकार लामिछानेसंग प्रत्यक्ष भलाकुसारी हुनेछ ।
लामिछानेको उक्त कृति बुधबारमात्र मस्कोमा राजदूत ऋषिराम घिमिरेले विमोचन गरेका थिए । यसअघि तान्जानियाको दार ए सलाममा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईले लाकार्पण गरेको उक्त कृतिमा एनआरएनए पूर्व अध्यक्ष लामिछानेले विश्वका पांचै महादेश घुम्दाका अनुभव संग्रहित छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते