काठमाडौं। संविधानसभाको संवैधानिक तथा राजनीतिक संवाद तथा सहमति समितिले तेस्रो पटक प्रमुख विषयहरुमा सहमति बिनाकै प्रतिवेदन प्रस्तुत गरेको छ। समितिका सभापति बाबुराम भट्टराईले आइतबारको संविधानसभाको बैठकमा यस्तो प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदनमाथि मंगलबारबाट छलफल हुने छ।
राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीसहितका महत्वपूर्ण विषयमा दलहरुबीच सहमति बन्न सकेको छैन।
बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै सभापति भट्टराईले महत्वपूर्ण विषयमा सहमती नगरी तेस्रो पटक प्रतिवेदन बुझाउनु पर्दा निराश नभए पनि हिनताबोध भएको बताए । ‘तेस्रो पकट प्रतिवेदन बुझाउन लाग्दा अन्यौल र हिनताबोध छ,’ उनले भने,’तर आश भने मारिसकेको छैन।’
नयाँ संविधान जारी नगर १२ बुँदे सहमितको अपरिहार्यता नसकिने भन्दै भट्टराईले दलहरु आफ्नो अडानमा कायम रहेसम्म सहमति बन्न नसक्के बताए।
माघ ८ गते संविधान जारी गर्ने गरी निर्माण गरिएको कार्यतालिकाअनुसार समितिले भदौ २१ गतेभित्र प्रमुख विषयमा सहमति जुटाउनु पर्ने हुन्थ्यो। तर निर्धारित समयमा सहमति जुट्न नसकेपछि संविधानसभालेे असोज २० गतेसम्म दोस्रो पटक र त्यसपछि सात दिनको थपेको थियो।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा