जेनेभा (स्वीट्जरल्यान्ड), ५ पुस । भूमध्यसागरिय क्षेत्रका आप्रवासीका लागि सन् २०१६ यसअघिका वर्षका तुलनामा झन् घातक भएको शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले मङ्गलबार जनाएको छ ।
आईओएमले भूमध्यसागरिय बाटो भएर युरोपेली मुलुक पुग्ने प्रयासमा यस वर्ष चार हजार ९०१ आप्रवासी तथा शरणार्थीले ज्यान गुमाएका जनाएको छ ।
सन् २०१५ मा यही बाटो युरोप पुग्ने प्रयासमा तीन हजार ७७७ व्यक्तिले ज्यान गुमाएका थिए । सन् २०१५ मा प्रति २६७ व्यक्तिले युरोप पुगन गरेको प्रयासमा एक जनाले ज्यान गुमाउनु परेको आईओएमको तथ्याङ्क थियो ।
आईओएमको पछिल्लो तथ्याङ्कअनुसार आप्रवासी तथा शरणार्थीको युरोप जाने क्रममा भूमध्यसागरिय क्षेत्रको उत्तर अफ्रिकी बाटो हुँदै इटाली पुग्ने क्रममा सबैभन्दा बढी (चार हजार ४०३ ) जनाको ज्यान गएको थियो ।
त्यसैगरी यस वर्ष पूर्वी भूमध्यसागरीय बाटो, जसले टर्की र ग्रीसलाई छुट्टाउँछ, मा ४२९ जना आप्रवासी तथा शरणार्थीको मृत्यु भएको छ । बाँकी सबै पश्चिमी भूमध्यसागरीय बाटोमा भएका दुर्घटनामा मृत्यु भएका बताइएको छ ।
गत वर्षको तुलनामा यस क्षेत्रबाट युरोप पुग्ने शरणार्थीको सङ्ख्यामा उल्लेख्य कमी आएको भेटिए पनि असुरक्षित यात्राका कारण ज्यान गुमाउनेको सङ्ख्या भने बढी देखिएको छ ।
सन् २०१५ मा युरोप प्रवेश गर्ने आप्रवासीको सङ्ख्या १० लाखभन्दा बढी रहेकोमा सन् २०१६ को अहिलेसम्ममा भने सो सङ्ख्या तीन लाख ५८ हजार १५६ पुगेको आईओएमले बताएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते