लन्डन । नेटो प्रतिनिधिका रुपमा अफगानिस्तानको राजधानी काबुलमा शान्ति सुरक्षार्थ खटिएका बेलायती गोर्खा सैनिकहरु आफ्नो मिसन सफलता पूर्वक सकेर यसै साता बेलायत फर्किएका छन् ।
बेलायती गोर्खा सैनिकहरु गार्ड एन्जल, विमान सुरक्षा र अफगान सैनिकलाई सुरक्षा सम्वन्धि प्रशिक्षणका लागि ८ महिना खटिएका थिए । गणपति लेप्टिनेन्ट कर्णेल जेसी मुरेको नेतृत्वमा खटिएका दोस्रो गोर्खा बटालियनले मिसनको प्रारम्भ देखि नै नेटो संगठनबाट त्यहां खटिएका विभिन्न प्रतिनिधिलाई सुरक्षा प्रदान गर्दै आएका थिए ।
बेलायतस्थित ब्रिगेड अफ गोर्खाजमा हाल करिब तीन हजार पांच सय गोर्खा सैनिक रहेको सैनिक प्रमुख कार्यालयले जनाएको छ । काबुलमा शान्ति स्थापनाका लागि खटिएका करिब तीन सय गोर्खा सैनिकहरु सकुशल फर्किएको स्वास्थ्य विभागका एक गोर्खा अधिकारीले जानकारी गराएका छन् । उक्त बटालियन अर्को मिसन अन्तर्गत आगामी जुलाई अन्तिममा चार वर्षका लागि ब्रुनाई राजपरिवारको सुरक्षाकालागि प्रस्थान गर्नेछन् ।
मिसन अवधिभर सेवामा कर्तव्यनिष्ट भई उदाहरणीय काम गरेकामा जेनेरल थोमसले धन्यवाद दिंदै भने–‘सैनिक लगनशीलता, मेहनत, अनुशासन, कर्तव्यपरायण रणभूमिमा अति नै महत्वपूर्ण हुन्छ’ । सुरक्षामा खटिंदा साहस र उच्च मनोबल लिई दृढ इच्छा शक्तिका साथ अगाडि बढ्न र संघर्षको कदर गर्दै उनले विशिष्टीकृत सैनिकलाई अभिनन्दन कदरपत्रले सम्मान गरेका थिए ।
उक्त गोर्खा बटालियनका मोरंग, लक्ष्मीमार्ग निवासी कर्पोरल दिल सुव्वाले भने– ‘आफू गोर्खा सैनिक भएर रणभूमिमा तैनाथ हुंदा हरेक नेपालीको नाम विश्वसामु उच्च भएको महशुस हुन्छ ।’ कावुलस्थित विभिन्न गैर सैनिक कम्पनीहरुमा कार्यरत नेपाली तथा विदेशीहरुले गोर्खाली सैनिकहरु मिसनमा रहंदा आफू तथा आफ्ना कम्पनीलाई सुरक्षाको पूर्णरुपमा विश्वस्त हुने एक विदेशी नागरिकले बताए ।
दोस्रो गोर्खा रेजिमेन्टका गोर्खा सैनिकहरु ६ वर्ष पछिसन् २०१६ अप्रिलबाट अफगानिस्तानको कावुलमा सुरक्षामा खटिएका हुन् ।
बटालियनको तालिकामा आगामी मार्च १४ का दिन भव्य समारोहका साथ मेडल परेड खेल्ने जनाइएको छ । उक्त दिन अफगानिस्तानबाट फर्किएका सम्पूर्ण गोर्खा सैनिकहरुलाई नेटो मेडल प्रदान गरिने छ । त्यसै समारोहमा द्वन्द्वग्रस्त राष्ट्रहरु अफगानिस्तान, इराक, सेरालियोन जस्ता मुलुकमा ७२० दिन अहोरात्र सुरक्षामा खटिएका केहि सैनिकलाई अति विशिष्ट पदक (अकुमुलेटेड क्याम्पेन सर्भिस मेडल) प्रदान गरिने स्रोतले जनाएको छ ।
उक्त मेडल चांदी जडित ३० मिलिमिटर मोटाइमा बनेको हुन्छ । उक्त मेडलको स्थापना सन् १९९४ मा भए पनि यसलाई पुनः सन् २०११ मा संशोधन गरिएको थियो । सन् २००८ जनवरी भन्दा अघि यो पदक प्राप्त गर्न हरेक सैनिकले द्वन्द्वग्रस्त राष्ट्रहरुमा १०८० दिन सेवा गरेको हुनु पर्दथ्यो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा