काठमाडौं। सशस्त्र द्वन्द्वको समयमा मारिएका छोराको हत्यामा संलग्नमाथि कारवाही गर्न माग गर्दै करिब एक वर्षदेखि आमरण अनसनमा रहेकी गंगामाया अधिकारीले शनिबार साँझ अनसन तोडेकी छिन्।
सरकारसँग ५ बुँदे सहमतिपछि ५० वर्षिया अधिकारीले ३ सय ५८ दिनपछि अनसन तोडेकी हुन्। कानुन, न्यायमन्त्री नरहरी आचार्यको हातबाट हर्लिक्स पिउँदै अधिकारीले अनसन समाप्त गरेकी हुन्। अधिकारीले अन्न भने खाने छैनन्। हर्लिक्स, जिवनजल र औषधी मात्रै लिने बताइएको छ ।
पाँच बुँदे सहमतिमा सरकारले गंगामाया र उनको जेठा छोरा नुरप्रसादको सुरक्षा र उनको छोराको हत्यामा संलग्न भएकालाई पक्राउ गरी कानुनी कारवाही शुरु गर्ने, उनको खाने बस्ने र औषधी उपचार पनि सरकारले गर्ने उल्लेख छ।
गंगामायामा पति नन्दप्रसादको निधन असोज ६ गते भएको थियो। नन्दप्रसादको निधनले देश तथा विदेशमा तीव्र आलोचना भएको थियो। पछिल्लो समय स्वास्थ्यप्रति राष्ट्र संघले समेत चासो लिएको थियो।
गंगामायाका छोरा कृष्णप्रसादको २०६१ सालमा हजुर आमालाई भेट्न चितवन आउँदा त्यस समयका विद्रोही नेकपा माओवादीले सुराकीको आरोपमा अपहरण गरेर हत्या गरेको थियो। अपहरण भएको एक दिनपछि कृष्णप्रसादको शव चितवनको बकलुहर चोकमा भेटिएको थियो।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ